दाङमा एकजना मृत फेला

 १३ असोज  – दाङको रामपुरमा आज एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी २८ वर्षीय मानबहादुर खत्री मृत फेला परेका हुन् । मृतकको ठेगाना खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।
अत्यधिक मदिरा सेवनका कारण खत्रीको मृत्यु भएको हुनसक्ने भन्दै बिहीबार राति खत्रीसँगै मदिरा सेवन गरेका एकजनालाई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

-रा स स





error: Content is protected !!