मुम्बइको रेल स्टेसनमा भागदौड हुँदा कम्तीमा २२ को मृत्यु !

मुम्बइ १३ असोज । मुम्बइको रेल्वे स्टेसनमा दर्के झरीका बीच भागदौडमा किचिएर कम्तीमा २२ जनाको मृत्यु भएको छ। बिहीबार बिहान भएको भागदौडमा अन्य ३० जना गम्भीर घाइते भएका छन्।

बिहान साढे १० बजेतिर परेल स्टेसन र एल्फिस्टोन रोड स्टेसनको बीचमा रहेको पुलमा भागदौड भएको थियो। चार ओटा रेल एकै पटक आएपछि मानिसहरुको भीडमा हलचल पैदा भएको र झरीमा चिप्लेर केही मानिस लडेपछि भागदौड सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्।

सो समय त्यो पुलमा समान्यभन्दा बढी मानिस रहेको बताइएको छ। केहीले पुल भाँचिन लागेको हल्लाका कारण भागदौड मच्चिएको जनाएका छन्। एजेन्सी





error: Content is protected !!