शैक्षिक सुधारका सामुहिक प्रतिवद्धता

जाजरकोट । यहाँका स्थानीय सरकार प्रमूख र आम सरोकारवालाले शैक्षिक सुधारका लागि सामुहिक प्रतिवद्धता जनाएका छन् । जिल्लाको शैक्षिक अवस्था सुधार उन्मुख भएकोमा खुसी व्यक्ति गदै यहाँका स्थानीय सरकार प्रमूखले आफ्नो पुरै ध्यान शैक्षिक सुधारमा लाग्ने वताएका हुँन् ।
शिक्षा नै विकासको मुल आधार भएका कारण शैक्षिक सुधारमा ध्यानु अत्यन्त जरुरी भएको त्रिवेणी नलगाड नगरपालिकाका अध्यक्ष टेकवहादुर रावलले वताउनुभयो । राम्रो भएको काम लाई राम्रो भन्न नसक्ने संस्कारको अन्त्य हुनुपर्ने रावलले वताउनुभयो । २० वर्ष आफु पनि शिक्षक भएको अनुभव सुनाउँदै उहाँले शिक्षा क्षेत्रमा भएका समस्याका विषयमा जानकार भएको वताउनुभयो । जिल्ला शिक्षा कार्यालय जाजरकोटले २०७४÷७५ को नीति तथा कार्यक्रम मा माथि टिप्पणी गदै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुँन् । शिक्षकहरु घर पायक सरुवा माग्ने तर विद्यालय नगएर घरको काममा वढी ध्यान जाँदा विद्यालयमा पढाई हुँन नसकेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले वताउनुभयो ।
विद्यालयमा नपढाउने तर घरको काम अर्थात अर्को पेशा सिर्जन गर्ने शिक्षकलाई कारवाही गरिने शाहले वताउनुभयो । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले शैक्षिक सुधारका लागि कुनै कसुर वाँकी नराखेको वताउनुभयो । वर्षेविदामा पनि विद्यालय सञ्चालन गर्ने पहिलो जाजरकोट भएको उहाँले वताउनुभयो । विद्यार्थीको चामको आधारमा अव छिटै विद्यालय गाभ्ने र दरवन्दी मिलाउनको काम सुरु हुँने उहाँको भनाई छ । शिक्षक न्यूक्तिमा स्थानीय सरकारका प्रमूखले राजनीतिक आस्थाकै आधारमा फरक व्यावहार नगर्न पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमवहादुर सिंहले आग्रह गर्नुभयो । हाम्रो भन्दा राम्रो शिक्षक न्यूक्ति गर्न उहाँको सल्लाह छ ।
त्यस्तै नागरिक कर्मी जनक केसीले त्रिवेणी नलगाड को डाडागाउँमा रहेको कालिका प्राविको सफलताको कथा सुनाएर जिल्लाका सवै विद्यालय सो विद्यालयवाट सिकाई गर्नुपर्ने वताउनुभयो । जिल्लाको सुन्दर भविश्यको लागि सवै एक जुट भएर अगाडी वढ्न सहमत भएको सवै सरोकारवालाले प्रतिवद्धता व्यक्त गरेका छन् ।
हेमन्त के सी रासस





error: Content is protected !!