शक्ति बस्नेत र राजीव शाह एक चर्चा

राम बहादुर रावत
नेपालको पहाडि, पिछडिएको र दुर्गम जिल्लाको रुपमा चिनिने जाजरकोट जिल्ला एक प्राकृतिक स्रोत साधानले भरिपूर्ण जिल्ला हो । विकासका पूर्वधारहरुले भखरै मात्र समेट् सकेको अवस्था छ । ३० वटा गाविसका रुपमा रहेको जाजरकोट जिल्ला अहिले सात वटा स्थानिय तहमा विभाजन भएको छ । स्थानिय तहको निर्वाचनमा दुई वटा नगरपालिका र एउटा गाउँपालिका नेकपा एमालेले विजय हासिल गरेको छ भने एउटा नगरपालिका र एउटा गाउँपालिका सहित अर्को गाउँपालिको उपाध्यक्ष माओवादी केन्द्रले विजय प्राप्त गरेको छ । नेपाली काँग्रेस भने दुई वटा गाउँपालिकामा विजय भएको छ । यसरी हेर्दा अब हुने प्रदेश र राष्ट्रिय सभा कसले जित्ने हो यसै भन्न सक्ने अवस्था छैन् ।
प्रदेशका लागि २ वटा निर्वाचन क्षेत्र छ भने राष्ट्रिय सभाका लागि जिल्ला भर एउटा मात्र निर्वाचन क्षेत्र छ ।
राष्ट्रिय सभा
जाजरकोट जिल्लाको पछिल्लो अध्ययनलाई आत्मासाथ गर्ने हो भने राष्ट्रिय सभाका लागि कसको चर्चा भन्ने गरिन्छ । जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने अब कस्तो नेता हुनुपर्छ भन्ने विषय जाजरकोटका जनता बहस गर्न लागिसकेका छन् । यसरी हेर्दा दुई जनाको नाम पहिलो चरणमा आउने गर्छ । नेपाली काँग्रेसका राजीव शाह र माओवादी केन्द्रका शक्ति बहादुर बस्नेत ।
शक्ति बस्नेत ।
२०७० सालको निर्वाचनमा जाजरकोट जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित भएका सांसद हुन् । दशवर्षे जनयुद्वबाट राजनीतिमा स्थापित भएका नेता हुन् । माओवादी आन्दोलनलाई यहाँ सम्म पु¥याउनका लागि शक्ति बस्नेतको महत्वपूण हात रहेको पाईन्छ् । जाजरकोट जिल्लाको ईतिहासमै पहिलो पटक स्वास्थ्य, र गृहमन्त्री बनेका शक्ति बहादुर बस्नेत एक असल नेताका रुपमा चिन्छिन् । गृहमन्त्री बनेका शक्ति बहादुर बस्नेतलाई एक पटक क्षेत्र नं. २ का जनताले पनि भोट हाल्न चाहेका छन् । राष्ट्रिय सभाका लागि शक्ति बस्नेतलाई पठाउने चर्चा पनि माओवादी केन्द्रबाट भएको पाईएको छ । हो शक्ति बस्नेत पनि एक असल नेता हुन् । जाजरकोट क्षेत्र नं. १ बाट निर्वाचित भए पनि क्षेत्र २का जनतासँग पनि शक्ति बस्नेतको सम्बन्ध राम्रो छ । केन्द्रिय राजनीतिमा सजिलै प्रभाव राख्न सक्ने नेता शक्ति वस्नेत हुँन् । उहाँको वोली मात्र धेरै विग्ने गर्छ । प्रत्यक्ष रुपमा मत हाल्ने जनताले शक्ति बहादुर बस्नेतलाई राम्रोसँग चिनेका छन् त्यस कारण शक्ति बस्नेतको चर्चा अहिले सबै तिर छ । दुवै निर्वाचन क्षेत्रबाट शक्तिलाई राष्ट्रिय सभामा पठाउनुपर्छ भन्ने विचारहरु आएका छन् । तर अब पठाउने वा नपठाउने त्यो अब जनताको हातको कुरा छ । शक्तिलाई राष्ट्रिय स्तरको नेताको रुपमा हेरिन्छ । तर शक्ति बस्नेतलाई एउटा अर्को अवसर पनि छ । त्यो हो प्रदेश नं. ६ को मुख्य मन्त्री बन्ने । प्रदेशका लागि निर्वाचित भएर प्रदेश नं. ६ को मुख्य मन्त्री बन्न सक्छन् यदि पार्टीले यो प्रक्रियमा सहयोग ग¥यो भने । तर शक्ति बस्नेतलाई प्रदेश वा राष्ट्रियमा पठाउने काम माओवादी केन्द्रले गर्ला तर जनताको चाहाना शक्तिलाई एक पटक पुरै जाजरकोटले भोट गर्नेछ । कांग्रेस, एमाले भित्र शक्ति वस्नेत जतिको उचाईको नेता नभएका कारण उहाँको विकल्प नभएको सवैको वुझाई छ । जिल्लाको समग्र विकास र जाजरकोटलाई राष्ट्रिय राजनीतिमा सजिलै प्रभाव शक्ति वस्नेतको जति पर्छ अन्यको त्यति पदैन् । शक्ति नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय सदस्या हुन् ।
किन राजीव
राजीव शाह । २०७० सालको निर्वाचनमा जाजरकोट क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । मलाई अहिले पनि राम्रो सँग याद छ राजीव शाहले राम्रो सँग नेपाली बोल्न आउँदैन्थ्यो । पवित्र उद्देश्यका साथ समाज सेवा गर्छु भनि राजनीतिमा आएका हुन् राजीव शाह । कुरा होइन् काम गर्ने हो भनि राजनीतिमा लागेका राजीव शाहलाई क्षेत्र नं. २ का जनताले विजय गराएर पठाए । तर राजीवलाई क्षेत्र नं. २ का जनताले जति चिन्छन् त्यो भन्दा बढि क्षेत्र नं. १ का जनताले चिन्छन् । अहिले राष्ट्रिय सभाका लागि २ वटै निर्र्वाचन क्षेत्र एउटा भएको छ । राजीवले के गरे के गरेन् म अहिले त्यता पटि जाँदिन् तर राजीव शाह जनताको मन मुटुमा बस्न सफल भएका नेता हुन् । जाजरकोट क्षेत्र नं. २ बाट निर्वाचित भए पछि के गरे के गरेन् त्यो विषय समिक्षाको बाटो बन्ला तर अहिले १ र २ का पुरै जनताले चिनेको भने राजीवलाई चिनेका छन् । मान्छेका फरक–फरक मत होलान् तर राजीवलाई क्षेत्र नं. १ जनताले पनि एक पटक भोट दिन आतुर छन् । कसैले भने जस्तो छैन् राष्ट्रिय सभामा निर्वाचित हुन् । बारेकोट, रग्दा, भगवति, थालारैकर, दशेरा, दह कोर्ताक, अछानी, टालेगाउँ र पैकका जनताले जीवनभर भिरपाखामा आफ्नो जीवन साटेका ती निर्दोश जनतालाई एक पटक साक्षि राखेर राजीवले आफ्नो कार्यलाई जोड दिनेछन् आशा छ । यसकारण राजीव राष्ट्रिय सभाका लागि योग्य नेता हुन् राजीव शाह । तर पाटी भित्र धेरै सिनियार नेता अरु भएकाले ठुलो पद राजिवले पाउने सम्भावना छैन् । अहिलेकै मन्त्री मण्डलमा पनि राज्य मन्त्री सम्म कांग्रेसको नेतृत्वले राजिवलाई दिन पत्याएन । केन्द्रिय राजनीतिमा अत्यन्तै कम प्रभाव राख्ने नेतामा राजिव पर्छन । उहाँ नेपाली कांग्रेसको केन्द्रिय स्तरको नेता भने होईन् ।
राष्ट्रिय सभाका लागि एमालेको सम्भावना
हो नेकपा एमाले जाजरकोटमा संगठानात्मक रुपमा अरु पार्टी भन्दा बलियो छ । तर जनताको मत पाउनका लागि पार्टीको संगठन सँगै व्यक्तित्व पनि चाहिन्छ । तर नेकपा एमालेबाट भैरवसुन्दर श्रेष्ठ र गोविन्द शाहको नाम चर्चामा आएको सुनिन्छ । उदारणका लागि यदि भैरवसुन्दर श्रेष्ठ राष्ट्रिय सभाको लागि आए भने क्षेत्र नं. १ बाट राम्रै मत आउला तर क्षेत्र नं. २ सँग यहाँको त्यति राम्रो प्रभाव छैन् । जाजरकोट इतिहासमा क्षेत्र नं. १ लाई चुनाव जिताउने क्षेत्र बारेकोट हो भने क्षेत्र नं. २ मजकोट, दह कोर्ताङ्ग हो । मैले बुझे अनुसार क्षेत्र नं. १ का नेताको प्रभाव २ नंं. क्षेत्रमा छैन् भने २ नं. क्षेत्रका नेताको प्रभाव १ मा छैन् । यसरी हेर्दा प्रदेश निर्वाचन एमाले जित्न सक्छ तर राष्ट्रिय सभाका लागि एमालेलाई अप्ठारो छ । किनकि राष्ट्रियको निर्वाचनमा त्रिकोणत्मक भिडन्त हुनेभएकाले व्यक्तित्वको प्रभाव अत्याधिक पर्ने गरेको छ ।
त्यस्तै राष्ट्रिय सभाकालागि काँग्रेस एमाले र माओवादी भन्दा अन्य दलहरुले निर्वाचन जित्ने आधार अहिले देखिँदैन् । काँग्रेस एमाले र माओवादी बिचकै प्रतिष्पर्धा हुने देखिन्छ ।
(नोट ः यो मेरो निजि बिचार हो ।)



