आर.आर.एन नेपाल द्धारा कृषि सामाग्री वितरण

दुनै(डोल्पा) ३० भदौ
यहाँको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गतका कृषकहरुलाई ब्यवसायिक तरकारी उत्पादनका लागि कृषि सामाग्रीहरु बितरण गरिएको छ ।
आज नगरका २५ जना कृषकहरुलाई ब्यवसायिक रुपमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन सम्बन्धि तालिम दिएको दुईसाता पछि आर.आर.एन नेपालले विभिन्न ११ प्रकारका हाईब्रेड जातका तरकारीको बिउ,पानी हाल्ने हजारी,प्लास्टिक लगाएतका कृषि सामाग्रीहरु वितरण गरिएको कार्यक्रमका संयोजक छबी खनालले जानकारी दिनुभयो ।
आठ हजार बराबरको कृषि सामाग्री पाएपछि कृषकहरु खुशि हुँदै तालिमबाट प्राप्त ज्ञान,सिपलाई उपयोग गरेर ब्यवसायिक हिसाबमा तरकारी उत्पादन गरेर देखाउने प्रतिबद्धता समेत जनाएका थिए ।
आर.आर.एन नेपालको आर्थिक सहयोग र जिल्ला कृषि विकास कार्यालयको प्राविधक सहयोगमा तालिम दिईएको थियो ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!