जाजरकोट अस्पतालमा २४ औ घण्टा आकस्मिक प्रसुति सल्यक्रिया सेवा सुरु , शक्ति वस्नेतले गरे उद्घाटन

जाजरकोट  । यहाँको जाजरकोट अस्पतालमा सुक्रवार देखि २४ औ घण्टा आकस्मिक प्रसुति सल्यक्रिया सेवा सुरु भएको छ । पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतद्धारा औपचारिक रुपमा उद्घाटन गरि सल्यक्रिया सेवा सुरु गरिएको हो ।
जाजरकोटमा सुत्केरी सेवा नहुँदा हजारौ खर्च गरेर जिल्ला वाहिर जाँनुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णाली विज्ञान प्रतिष्ठानका डाक्टरद्धारा जाजरकोट अस्पतालमा अव २४ औ घण्टा सल्यक्रिया सेवा सुरु हुँने भएको छ । उद्घाटन कार्यक्रममा वोल्दै पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले स्वास्थ्य सेवा व्यापक सुधार गर्नु पर्ने अवस्था आएको वताउनुभयो । निकै ठुलो मेहनत पछि जाजरकोट अस्पतालमा यो सेवा विस्तार गरिएकोले सवैले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।


सडक विस्तारका लागि नेपाल सरकारले जाजरकोटका विभिन्न तीन वटा सडकलाई राष्ट्रिय रुपमा महत्व दिएर काम भईरहेकाले अव यहाँका सवै गाउँ सडक सञ्जालले जोडिने वस्नेतले वताउनुभयो । कोही व्यक्ति उपचारका लागि स्वास्थ्य संस्था ल्याउदा ल्याउदै वाटोमै अकाल्मा ज्यान जाने अवस्था सिर्जना हुँन नदिन चारैतिरवाट सडक निर्माणका काम भईरहेको उहाँले वताउनुभयो । जाजरकोट डोल्पा हुँदै तिव्वत, जाजरकोट जुम्ला , मध्यपहाडी लोकमार्ग र दाँङ्ग हुँदै मुगु जोड्ने नयाँ सडकको काम भईरहेको उहाँले वताउनुभयो ।


जाजरकोट यी सवै सडकको केन्द्र विन्दु भएका कारण यहाँको जग्गा केही वर्ष भित्र राम्रो मुल्यामा विक्री हुँने उहाँको भनाई छ । जाजरकोटको रिम्नामा र कुदुमा लिप्ट सिचाईको काम अव छिटै सुरु भई यहाँको जमिन वाँझो नहुँने समेत वताउनुभयो । त्यस्तै कर्णाली विज्ञान प्रतिष्ठानको काम पनि छिटो सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गनुभयो । जाजरकोट अस्पतालाई जिल्ला अस्पताल नभएर अझ विस्तार गर्ने योजनामा रहेको समेत वताउनुभयो । यो अस्पतालर्ला ५० शैया वनाउदा वस्नेतले नै उद्घाटन गनुभएको थियो । जाजरकोट अस्पताल र यहाँका सवै स्वास्थ्य संस्थामा व्यापक सहयोग गरेको भन्दै निर्मित अस्पताल प्रमूख चाँदनी जैसवालले वस्नेतलाई धन्यावाद समेत दिनुभएको थियो । तस्विर पनि उपलव्ध छ ।
हेमन्त के सी रासस





error: Content is protected !!