वडा अध्यक्ष द्धारा नगरपालिकामा ज्ञापन–पत्र

दुनै(डोल्पा) डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका का वडा अध्यक्षहरुले नगरको कार्यालय त्रिपुराकोट बगरमा ज्ञापन–पत्र बुझाएका छन् ।
गत २८ भदौमा भएको बजेट विनियोजन प्रत्येक वडामा समानुपातिक ढङ्गबाट नभएको,नगरसभाबाट पास नभएर अबैधानिक हिसाबमा बाहिरबाट आएका योजनालाई समेत प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको लगाएतका माग प्रति ध्यानकार्षण गराउँदै ज्ञापन–पत्र बुझाईएको त्रिपुरा सुन्दरी नगरपालिका १ का वडा अध्यक्ष कर्मसिंह थापाले जानकारी दिनुभयो ।
नगरको विकास बजेट प्रत्येक वडामा नपठाएर वडा अध्यक्षहरुलाई दुधको साँची बिरालो जस्तै बनाएको समेत अध्यक्ष थापाको भनाई छ ।
शिघ्र हाम्रा मागहरुमा छलफल नगरिए काँङ्ग्रे र माओवादीका ६ जना वडा अध्यक्षहरुले नगरको कुनै पनि छलफलमा भाग नलिने उहाँले बताउनुभयो ।
नगरले वडाले पाउनु पर्ने विभिन्न अधिकारहरु आफैमा निहित राखेको समेत वडा अध्यक्षहरुको आरोप छ ।
त्रिपुरा सुन्दरी नगरपालिकामा ११ वडा रहेकाछन् ।यसमा काङ्ग्रेसका ४ ,माओबादीका २ र एमालेका ५ वडा अध्यक्ष रहेकाछन् ।नगर प्रमुख र उप–प्रमुख एमोलेकै रहेकाछन् ।
भेरीखवर संवादाता



