वोनम्यारो पीडित रबिनालाई यसरी हुँने भो उपचार

को हुँन् रविना
जहाँ होचो त्यही घोचो भने झै जाजरकोटको त्रिवेणी नलगाड ४ कि रविना सिंह वोहरा यति वेला वोनम्यारो (एप्लाटिक एनिमिया) को समस्यावाट जीवन र मृत्यू संग जझिरहनुभएको छ । हुनेखाने परिवार भित्र नभएर विहान र वेलुकाको छाक टार्न मुस्लि हुँने वोहरा परिवार भित्र यतिवेला रविनालाई वचाउनका लागि परिवार संग पिडा र वेदनाका आँसु वाहेक अरु केही छैन । घरमा भएको दुई वटा भैसी विक्री गरेर वोहरा परिवारले अहिले सम्म उपचारका लागि प्रयास जारी राखेको छ ।
पीडित जाजरकोटकी रबिना सिंह बोहरालाई उपचारको लागि सहयोग गरेका छन । रविना विरामी हुँदा उनका श्रीमान् राजेन्द्र वोहरा भारत मजदुरी गर्न गएका थिए । श्रीमतीको अवस्था दैनिक नाजुक वन्दै गएको खवर सुनेपछि गाडी भाडा लिएर रविन जाजरकोट पुगेका थिए । निम्न स्तरतको आर्थिक अवस्था भएको वोहरा परिवार संग रविनाको उपचार गर्नका लागि लाखै रकम नहुँदा निकै तनाव भएको थियो ।
शक्ति वस्नेतको पहलमा यसरी हुँदैछ रविनाको अव उपचार
वोनम्यारो पीडित रविनाको आर्थिक अभावले गर्दा उपचारमा समस्या भएको समाचार भेरी खवरवाट प्रकाशित भएपछि त्रिवेणीनलगाड नगरपालिकाका मेयर टेकवहादुर रावलले जाजरकोटवाट काठमाण्डौँ सम्मा जान र खाना अनि वासको व्यवस्था मिलाएका थिए ।
मेयरले जिल्ला स्वास्थ्य समितिको निर्णय र सिफारिस लगाएतको व्यवस्था गरि रविनाका श्रीमान् राजेन्द्रलाई काठमाण्डौँ पठाउनुका साथै पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतलाई फोन गरि स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालयमा पहल गर्न आग्रह गरेका थिए । रावलको आग्रह अनुसार तत्काल शक्तिवहादुर वस्नेतले स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल र गृहमन्त्री जर्नादन शर्मालाई फोन गरि रविनाको उपचारमा सवै निशुल्क व्यवस्थ आग्रह गरे ।
त्यस्तै वस्नेतले सामान्य प्रशाषण मन्त्री टेकवहादुर वस्नेतका नीजि सचिव सुदाम गौतम , शक्ति वस्नेतका भतिजा मुक्ती वस्नेत, गृहमन्त्रीको नीजि सचिवालयमा रहेका झलक के सी लगाएतको टोलीले आवश्यक डकुमेन्ट जुटाएर गृहमन्त्रालय मार्फत क्याभिनेटमा लिएर आवश्यक रकम उपलव्ध गराउनका लागि पहल लिएको छ । अहिले तत्काल आवश्यक पर्ने रकम समेत यो टिमले पिडितलाई हस्तान्तरण गरेको जाजरकोट काठमाण्डौँ जनसम्पर्क मञ्चले जनाएको छ ।
त्यस्तै अहिले क्याभिनेटवाट रकम आउन केही समय लाग्ने भएकाले स्वास्थ्य मन्त्रीको नीजि सचिवालयवाट उपचारका लागि सर्व खर्च व्याहोने र टिचिङ्ग अस्पतालमा उपचार निशुल्क गराउने निर्णय भएको मञ्चले वताएको छ ।
६ महिनादेखि शिक्षण अस्पताल काठमाडौमा उपचार गरिरहेकी रविनालाई रकम अभावले गर्दा थप उपचारमा समस्या भएकोमा त्या टरेको छ । रोग पत्ता लागे देखि अहिलेसम्म उनको उपचारमा ५ लाख रुपैया खर्च भैइसकेको छ ।
रविनाको उपचारका लागि करिव ३० लाख जति खर्च हुँने भएकाले सवैलाई सहयोग गर्न जाजरकोट काठमाण्डौँ जनसम्पर्क मञ्चले आग्रह समेत गरेको छ । रबिनाको उपचार गदै आएका शिक्षण अस्पतालका डा.अन्जान श्रेष्ठले रबिनालाई वोनम्यारो नै प्रत्यारोपन गर्नु पर्ने वताउनभयो । त्यस्तै उपचारका लागि सांसद राजिवविक्रम शाहले पनि आर्थिक सहयोग गरेका छन् ।



