अमेरिकाले नेपाललाई दिने ५० अर्ब कहा लगानी हुदैछ , सहयोगसम्बन्धी सम्झौतामा आज हस्ताक्षर हुदैं

वासिङटन–नेपाल र अमेरिकाबीच आज नेपालको विकासमा सहयोग पुग्ने ठुलो समझदारीमा हस्ताक्षर हुदैछ । अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० अन्तर्गत नेपालले आज ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दैछ ।
अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र अमेरीकी सरकारको तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले उक्त सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको अमेरिकाका लागी नेपाली राजदूत अर्जुन कार्कीले जानकारी दिए ।
नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको पहिलो देश हो । राजदूत कार्कीले यो सम्झौताले नेपालको बिकासमा ठुलो टेवा पुग्ने दावी गरे ।
 

‘दुई देशबीच हुन लागेको यो महत्वपूर्ण सम्झौता हो,यसबाट नेपालको दिगो बिकासको लागी योगदान पुग्नेछ’ राजदूत कार्कीले भने । एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौता अन्तर्गत प्राप्त गर्ने रकमले नेपालको गरिबी न्यूनीकरण र महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास सरोकारबालाहरुले गरेका छन् ।
 

सम्झौताअनुसार उक्त कोषमा नेपालले समेत योगदान गर्नेछ । नेपालले १३ अर्ब थपेपछि यो कोष ६३ अर्बको हुनेछ । ६३ अर्ब रहने उक्त कोषको रकम नेपालको सडक सुधार र विद्युत् विकासका लागि एकीकृत योजना बनाउनेमा समेत खर्च हुनेछ ।
 

अमेरीकाले धेरै पछि नेपालको विकासमा लगानी गरेको यो सबैभन्दा ठुलो परियोजना हो । यो लगानीपछि जनताको जिवनस्तर उकास्न सहयोग पुग्नुका साथै सडक र विद्युत सेवामा सुधार हुने अपेक्षा पनि गरिएको छ ।





error: Content is protected !!