स्वास्थ्य संस्थामा सुत्केरी भए नगरपालिकाले १ हजार दिने

नन्दा शाही
जाजरकोट , । यहाँको छेडागाड नगरपालिकामा संस्थागत अर्थात स्वास्थ्य संस्थामा सुत्केरी हुँनेलाई छुटै १ हजार रुपैया पाउने भएका छन् ।
असुरक्षित सुत्केरी गाउँ,घरमै हुँने संख्य वढेपछि वाल ,मातृ मृत्यू दर शुन्यमा झार्नका लागि यो अभियान थालिएको छेडागाड नगरपालिका स्वास्थ्य तथा सरसफाई उपशाखा कार्यालय जाजरकोटले जनाएको छ ।

गर्भजाँच गर्ने महिलालाई थप दुई सयका दरले ४ पटक उपलव्ध गराईने छ । स्वास्थ्य संस्था सम्मा गर्भवतीलाई ल्याएर सुत्केरी गराउन सहयोग गर्ने महिला स्वायमसेविकलाई २ सय रुपैया उपलव्ध गराईने छ । सरकारले पनि प्रति सुत्केरी रु १ हजार रुपैया यातायात खर्च र गर्भजाँच गरेमा थप ४ सय रुपैया उपलव्ध गराउदै आएको थियो ।
नगरपालिकाले गरेको यस्तो निर्णयले अव प्रति सुत्केरीले ३ हजार रुपैया पाउँने छन् । प्रत्साहनका लागि दिइएको यो रकमले यहाँको वालमृत्यू दर र मातृमृत्यू दर शुन्यमा झार्न सफल हुँने मेयर लालवहादुर महतराले विश्वास लिएको वताउनुभयो ।





error: Content is protected !!