माओवादी केन्द्रले टुंग्यायो प्रदेश र संघका उम्मेदवार

मुगु ः नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उम्मेदवारहरु टुंगो लगाएको छ । ३ दिनसम्मको छलफलमा पार्टीमा गरेको योगदान, जनप्रियता र चुनाव जित्न सक्ने उम्मेदवारहरुको यकिन गरी टुंगो लगाइएको थियो ।

माओवादी केन्द्रका अनुसार प्रत्यक्षतर्फ संघमा मंगल बहादुर शाही र प्रदेशमा क्षेत्र नं १ मा केवलबहादुर मल्ल र क्षेत्र नं २ बाट राजु कार्कीलाई समानुपातिकतर्फ संघमा अज बहादुर शाही र प्रदेशमा लालचन्द्र विक र बाँचु धामीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको हो ।





error: Content is protected !!