डोल्पाको त्रिपुराकोटमा ‘मिशन नेपाल’को बिविध कार्यक्र सम्पन्न

दुनै(डोल्पा) यहाँको त्रिपुरा सुन्दरी नगरपालिका १ स्थित त्रिपुराकोट बगरमा मिशन नेपाल डोल्पाले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
आज नगरपालिकाको केन्द्र बगर बजारमा मिशन नेपालको अगुवाईमा नव निर्वाचित जनप्रतिनिधि,नागरिक अगुवा,पत्रकार,प्रहरी सहित बगर बजार तथा त्रिपुरा सुन्दरी मन्दिरको सरसफाई कार्यक्रम समेत सम्पन्न भएको हो ।
आजै मिशन नेपालले नगरको फोहोर ब्यवस्थापनका लागि डम्पिङ साईड पहिचाहान तथा निर्माणका लागि शिध्र कदम चाल्न नगरपालिका लाई ज्ञापन पत्र समेत बुझाएको छ ।
आजकै दिनमा मिशन नेपाल डोल्पाले महिला सामुदायिक सेवा समाजमा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामाग्रीहरु समेत प्रदान गरेको थियो ।
मिशन नेपाले डोल्पाका विभिन्न नगर तथा गाँउहरुमा सरसफाई अभियान समेत चलाएको छ भने यहाँका अनाथ असाहाय बालबालिका लाई समेत आर्थिक सहयोग गर्दै आएको छ ।
विकृती,बिशंगती,भ्रष्टाचार तथा सामाजिक बिकृति उन्मुलनका लागि स्थापीत मिशन नेपालले देशैभर विभिन्न सामाजिक काम गर्दै आएको छ ।
डोल्पामा स्थापना भएको छोटो समयमै मिशन नेपालले थुप्रै समाजिक कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
मिशन नेपालले विस्तारै डोल्पामा भईरहेका भ्रष्टाचार,अपराध,बिकृती र बिशंगतीको क्षेत्रमा सक्रिया बडाउँदै सभ्य समाज निर्माणमा लागि पर्ने अध्यक्ष ओमेन्द्र केसीले जानकारी दिनुभयो ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!