भाईरलका कारण वालकको मृत्यू

कालीप्रसाद थापा
जाजरकोट । यहाँको कुशे गाउँपालिका वडा ५ स्थित जनकवहादुर थापाको चार वर्षीय छोरा ओमप्रकाश थापाको सोमवार विहान मृत्यू भएको छ ।
जहरगाउँमा रहेको स्थानीय औषधी पसलमा उपचार गर्दा गदै मृत्यू भएको स्थानीय शिक्षिका निर्मला कुमारी मल्ल थापाले जानकारी दिनुभयो । यहाँ सयौँ गाउँले भाईरलकै कारण विरामी परेको उहाँले जानकारी दिनुभयो । कुशेगाउँपालिकाको खुर्पा,जहरगाउँ,ढिमे ,दम्दाला , बारेकोट गाउँपालिकाको सिर्पाचौर,मुल्साम लगाएतका दर्जन गाउँमा भाईरलका कारण सयौँ विरामी परेका छन् । उपचारको अभावमा घरमै दर्जनौ स्थानीय वासीहरु थला परेको स्थानीयले वताउदै आएका छन् ।
आज सोमवार मात्र जिल्लाको त्रिवेणी नलगाड नगरपालिका ८ मा भाईरल फैलिएका कारण शिविर सञ्जालन गरि १ सय २० जनाको उपचार गरिएको छ । फोहोर पानिका कारण गाउँलेहरु विरामी परेको स्वास्थ्यकर्मीको दावि छ । गाउँमा औषधीको अभाव हुनुका साथै पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहँुदा यहाँका सयौँले उपचार पाउन सकेको छैन् । यो भन्दा अगाडी बारेकोट गाउँपालिकाको वडा ५ मा २ वालकको भाईरलकै कारण ज्यान गईसकेको छ । यत्ता जिल्ला स्वास्थ्य कार्यालयले थाह नभएको जानकारी दिएको छ ।

 





error: Content is protected !!