हल्चौरमा स्वास्थ्य शिविर

दिनेश के सी
जाजरकोट हल्चौर । यहाँको त्रिवेणी नलगाड नगरपालिका ८ को हल्चौरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
भाईरल ज्वरोको प्रकोपले स्थानीयहरु विरामी भएपछि आज मेयर टेकवहादुर रावलले दल्ली स्थित प्राथमिक स्वास्थ्य केन्द्रवाट स्वास्थ्यकर्मीको टोली लिएर शिविर सञ्चालन गर्नुभएको थियो । मावि जिकुवामा १ सय २० जनाको उपचार भएको वडा सदस्या नरवहादुर विकले जानकारी दिनुभयो ।
केही समय अगाडी पनि पत्रकार महासंघ जाजरकोटका सचिव तथा प्रेस सेन्टर जाजरकोटका अध्यक्षको पहलमा एक दिने शिविर सञ्चालन गरिएको थियो । शिविरमा वृद्ध,वालवालिकाको उपचार वढ भएको मेयर रावलले वताउनुभयो ।



