डोल्पाको जुफाल विमानस्थलमा अन्त्य हुँदै हवाई माफियाको चहलखेल !

दुनै(डोल्पा) २६ भदौ
डोल्पाको जुफाल विमानस्थल कालोपत्रे भए देखि नेपालगञ्ज र सुर्खेत देखिहुने हवाई उडानहरु नियमित हुने भएकाछन् ।

तीन महिना अघि सम्म कच्ची अवस्थामा रहेको जुफाल विमानस्थलमा कालोपत्रे भएपछि तारा,मकालु,सम्मिट एअर लगाएतका जहाजहरुको नियमित उडान सुरुभएको छ ।
निकट भविश्यमै सिता,सिम्रिक,गोमा एअरले पनि उडान भर्ने बताईएको छ ।
डोल्पालीको लागि यातायातको एकमात्र विकल्पको रुपमा जुफाल विमानस्थलमा कालोपत्रे भएदेखि डोल्पाली सर्वसाधारणहरुमा खुशियाली समेत छाएको छ ।

हिजो सम्म जिल्ला बाहिर जानकोलागि हप्तौ कुर्दा पनि टिकट नपाईने,हवाई टिकेटमा आर्थिक चहलखेल हुने,ठुलाबडा र चिनेजानेका मान्छेहरुले मात्र टिकट पाउने अवस्थाको समेत अन्त्य हुने डोल्पालीको विश्वास छ ।

यातायात नहुँदा सामान्य विरामि पर्दा हवाई टिकट नपाउँदा उपचार नपाएर अकालमै ज्यान गुमाई रहेका डोल्पालीहरुका लागि अवका दिनहरु यातायातको सुविधाको हिसाबमा सुखद हुने सबैको विश्वास छ ।

जिल्लामा प्रसुती गराउन नसकेर जिल्ला बाहिर रिफर गरिएका गर्भवती महिलाहरु पनि जहाज कुर्दा कुर्दै विमानस्थलमै प्रसुतीहुने अवस्थाको समेत अन्त्यहुने डोल्पाबासीको विश्वास छ ।

“यस अघि जुफाल विमानस्थलमा टिकट पाउन मन्त्री सम्मको पावर लाग्थ्यो,एअरलाईन्सका कर्मचारीलाई नमस्कारले रिजाउनु पर्ने अवस्था थियो अव देखि त्यस्तो अवस्था नहोला त्रिपुरा सुन्दरी १ का स्थानीय गौरीशंकर उपाध्यायले भन्नुभयो,“यति सम्मकी विमा

नस्थलमा जहाज कुर्दाकुर्दा पैसा सकिन्थ्यो,आफ्नो काम नै छुट्थ्यो,समयमै उपचार नपाएर बिरामी समेत मथ्र्यो अव नियमित उडान भयो त्यस्ता समस्याको पक्कै हलहुने विश्वास छ ”
५ सय ६० मिटर लम्बाई भएको जुफाल विमानस्थलमा कालोपत्रे भएपछि जुफाल बिमानस्थलमा हवाई सेवा नियमित भएको हो ।
अवको दिनहरुमा विमानस्थल पुगेका सर्वसाधारणहरु माथि सामाजिक,आर्थिक तथा राजनितिक चहलखेल गर्ने माध्याम बनाई रहेका हवाई माफियाहरुको एकाधिकार समेत अन्त्यहुने विश्वास डोल्पालीले गरेकाछन् ।
विमानस्थल नियमित भएपछि जिल्ला बाहिर आवत जावत सँगसँगै दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समेत सहज भएको छ ।

रामचन्द्र न्यौपाने

 





error: Content is protected !!