रोल्पा जलजला सेवा समाज कतार द्वारा अलपत्र परेका घर्तिको उद्दार।
चोम बिष्ट, कतार। रोजगारको शिलशिलामा कतार पुगेका रोल्पा तालावाङका टिकचन घर्ति मगर एक महिनामै रित्तो हात घर फर्किएका छन। अगस्त ९ मा कतार पुगेका घर्तिले म्यानपावरले भने जस्तो काम दाम कम्पनीले नदिए पछी घर फर्कन बाध्य भएका हुन्।
उनलाई पठाउने म्यानपावरले भने जस्तो तलव सेवा सुबिधा नपाए पछी उनि घर फर्किन चाहेका थिए तर म्यानपावर र कम्पनिले वास्ता नगरे पछी महिनौ दिन सम्म अलपत्र परेका घर्तीलाई रोल्पा जलजला सेवा समाज कतारले उद्दार गरि स्वदेश पठाएको छ ।
नेपालमा रहेको वरिएन म्यानपावर ओभर्सिज प्रालीका एजेन्ड रमेश बिक प्रमुख भिम कोइराला मार्फत घर्ती कतार अरब युनाइटेड कन्ट्रकसन कम्पनीमा आएका थिए । आफुले चाहे जस्तो काम र दाम नपाए पछी घर्तीले घर फर्काउन रोल्पा जलजला सेवा समाजलाई आग्रहका थिए । लगतै नेपालमा रहेको म्यानपावरलाई बारम्बार सम्पर्क गरेर उद्दार गर्न समाजले आग्रह गर्दा समेत आलटाल गर्दै पन्छिने काम गरेको समाजका उपाध्यक्ष चोम बिष्टले बताउनु भयो।
यता अरब युनाइटेड कन्ट्रकसन कतार कम्पनीका म्यानेजर महम्मद नबिल म्याजिद संग समन्वय गरि म्यानपावरले भने अनुसार काम र दाम दिन आग्रह गर्दा कम्पनीले आफ्नो सम्झौता अनुसार काम र दाम दिएको तर कामदारले मागे अनुसारको तलब सेवा सुबिधा भने दिन नसकिने बताएका थिए ।
नेपालबाट म्यानपावरले घर्तीलाई कतार पठाउदा राम्रो तलब सेवा सुबिधाको झुठो आश्वासन दिएको घर्तीले बताए। तिकचन घर्तीले उक्त कम्पनीको न्यून तलवमा काम गर्न नसक्ने बरु घर फर्किन्छु भन्दै कम्पनीलाई घर फर्काउन आग्रह गर्दा समेत कम्पनीले पनि वास्ता नगरे पछी जलजला सेवा समाज कतारको पहलमा घर्ति घर फर्किएका छन्।
समाजका अध्यक्ष शिव बुढाथोकी र सल्लाहकार संयोजक बसन्त थापा द्वारा पिडितलाई टिकट हस्तान्तरण गर्नु भएको थियो । घर्ती कतार आएको एक महिनाको दु:खद बसाई संगै ८ सेप्टेम्बर तारिखका दिन स्वदेश फर्किसकेका छन।
त्यसैगरि रोल्पा जलजला सेवा समाज कतारको मासिक बैठक समाजका अध्यक्ष शिव बहादुर बुढाथोकीको अध्यक्षतामा दोहाको देवार अल्कुदुप पठानी पार्कमा सम्पन्न भएकोछ।
उक्त बैठकमा समाजका कार्यसमिति पदाधिकारी,सल्लाहकार, बुद्धिजीवी, समाजसेवि तथा रोल्पाली दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थितिमा रहेको बैठकलाई समाजका महासचिव देबराज पुनले संचालन गर्नु भएको थियो।
उक्त बैठकबाट रोल्पा साबिकको सिर्प गाबीस बाट टेक बहादुर खड्कालाई कार्यसमिति सदस्यमा थप गरेको छ। भने समाजले आउदै गरेको नेपालीहरुको महान चाडपर्व बडा दसै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम रहने निर्णय समेत गरेको छ।