प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रमुख लक्ष्य: नेता बस्नेत

मुगु- आगामी मंसिर १० र २१ गते तोकिएको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन गराउनु सरकारको प्रमुख लक्ष्य रहेको नेकपा माओवादी केन्द्रका  नेता शक्तिबहादुर बस्नेतले बताएका छन।

माओवादी केन्द्रका ६ नम्बर प्रदेश ईन्चार्ज समेत रहेका बस्नेतले  सरकारले तोकेको निर्वाचन अघि सरकार बदल्ने सोच राख्न नहुने बताए। यस्तो सोचले देशलाई राजनीतिक तथा संवैधानिक संकटमा फसाउने उनको भनाई छ।  एमालेले सरकार बदल्न चाहे पनि राष्ट्रिय प्राथामिकताको विषय भईसकेकाले कसैको चाहाना अनुसार सरकार नबदलिने उनको भनाई थियो ।आईतवार पत्रकारहरुसंग कुराकानी गर्दै नेता बस्नेतले माओवादी केन्द्रले संविधानमा प्रत्यक्ष निर्वाचनबाट कार्यकारी प्रमुख हुनु पर्ने एजेण्डालाई चुनावी एजेण्डाका रुपमा लैजाने बताए।

संविधान निर्माणका क्रममा एमालेले बहुपहिचान दिने , प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने भन्ने संविधानमा लेख्ने भने पनि अन्तिममा संविधान लेख्दा बोल्दै नबोलि धोका दिएको  तर माओवादी केन्द्र अन्तिमसम्म पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकै पक्षमा रहेको बस्नेतको भनाई छ।





error: Content is protected !!