फेरि मन्त्रिपरिषद् विस्तार हुँदै, को–को मन्त्री बन्ने सूचीमा
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
बालुवाटार स्रोतले जनाए अनुसार देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट मन्त्री थपेर सरकार विस्तारको तयारी गरेका हुन् ।
देउवाले आज वा भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् ।
मन्त्री हुनेमा राप्रपाबाट दीपक बोहरा, विक्रम पाण्डे, रामकुमार सुब्बा र सुनिल थापाको नाम चर्चामा छ । देउवाले भनेअनुसार राप्रपा प्रजातान्त्रिक सरकारमा गए चर्चामा रहेका चारमध्ये तीन जना मन्त्री बन्ने सम्भावना बलियो छ ।
देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय मध्येबाट तीन मन्त्रालय राप्रपालाई दिने तयारी गरेका छन् ।