जब गृहमन्त्री शर्मा मुस्लिम भेषमा झुल्किए…

सिमरा । गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा मुस्लिम भेषमा सिमराको चुनावीसभामा भाग लिएका छन् । गृहमन्त्री शर्मा आइतबार बिहानदेखि माओवादीले बाराको विभिन्न स्थानमा आयोजना गरेको चुनावी सभामा सहभागी भएका छन् ।

मुस्लिम भेषमा शर्माले जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा आयोजित माओवादी केन्द्रको चुनावी सभामा सम्बोधन गर्दै आफ्नो पार्टीका उम्मेदवारलाई भोट मागेका छन् ।

भुलुहीमा आयोजना गरेको चुनावी सभा सम्बोधन गरेका गृहमन्त्री अहिले जीतपुरसिमरा उपमहानगरपालिका १५ सुक्लैयाको कार्यक्रममा सहभागी हुन जादँदैछन् ।

कडा सुरक्षाकाबीच कार्यक्रममा सहभागी भएका गृहमन्त्रीले मन्तव्यका क्रममा आफ्ना उम्मेदवारलाई भोट दिएर विजयी गराउन अपिहल गरिरहेका छन् । गृहमन्त्रीले बारामा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।





error: Content is protected !!