दुर्गममा भिडियो एक्सरे सुरु

हेमन्त के सी
जाजरकोट  । यहाँको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा सुरु भएको छ । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा ७ स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु गरिएको हो ।

एक औपचारिक कार्यक्रम साथ मेयर टेकवहादुर रावलले भिडियो एक्सरेको उद्धघाटन गर्नुभयो । साविकका ८ गाविस अर्थात , त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका ,तल्लो डोल्पा , रुकुमको पश्चिमी क्षेत्रका स्थानीयहरुले यहाँवाट भिडियो एक्सरेको सेवा लिन सक्ने छन् । स्वास्थ्य मन्त्रालय , जाजरकोट क्षेत्र नं १ मा सांसद शक्तिवहादुर वस्नेतको आर्थिक सहयोग वाट दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सञ्चालनमा आएको स्वास्थ्य चौकी दल्लीले वताएको छ । भिडियो एक्सरे गर्नकै लागि यहाँका हजारौ स्थानीयहरु रुकुमको चौरजहारी, नेपालगन्ज, सुर्खेत जानुपर्ने वाध्यता थियो । अव यहाँ एक्सरे सञ्चालनमा आएपछि हजारौ रुपैया खर्च र दुख हुँने कार्य सदाका लागि अन्त्य भएको मेयर टेकवहादुर रावलले वताउनुभयो । वत्तीको अभावमा स्वास्थ्य चौकीमा सेवा दिन समस्या भएको गुनासो आएपछि मेयरकै सक्रियातामा लहँवाट विद्युतको लाईन विस्तार गरि स्वास्थ्यमा विद्युत सेवा उपलव्ध गराएको छ । पुर्वी क्षेत्रको केन्द्रविन्दुकाु रुपमा रहेको दल्लीमा प्रभावकारी सेवा पाउँने आशामा खुुसी भएका छन् ।

पोष्ट माटम गर्नका लागि गृह नहुँदा पलाष्टिक भित्र राखेर पोष्ट माटम हुँदै आएकोमा नगरपालिकाको आर्थिक सहयोग पछि अव केही समय भित्र सुरक्षित घर भित्र पोष्ट माटम हुने मेयरले वताउनुभयो । यहाँका जनताको स्वास्थ्य ,गरिवी र अशिक्षा लाई क मगर्न आफु दिन रात लाग्ने मेयर रावलले वताउनुभयो । रावल पुर्व गृहमन्त्री शक्ति वस्नेत निकट मानिन्छन् । अव बारेकोट स्वास्थ्य चौकीमा पनि भिडियो एक्सरे सेवाका लागि पहल भईरहेको रावलले वताउनुभयो । मन्त्रालयमा कुरा भईहेको छ छिट्टै त्यहाँ पनि भिडियो एक्सरे सेवा उपलव्ध हुँने रावलले जानकारी दिनुभयो । दिन,रात काम गरेपनि जस नपाईने समस्या रहेको थियो अव यहाँका जनताको मन जीत्न पाईने भो भन्दै स्वास्थ्यकर्मीहरु खुसी भएका छन् ।

तस्विर सुमित्रा ओली

 





error: Content is protected !!