दुर्गमका कृषकलाई ब्यबसायिक तरकारी उत्पादन तालिम

दुनै(डोल्पा)
यहाँको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गतका २५ जना कृषकहरुलाई ब्यबसायिक तरकारी उत्पादन तालिम दिईएको छ ।
उक्त नगरपालिकाको केन्द्र बगर बजारमा संञ्चालित उक्त तालिममा २५ जना कृषकहरुलाई ब्यबसायिक रुपमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन सम्बन्धि तालिम दिईएको हो ।
आर.आर.एन नेपालको आर्थिक सहयोग र जिल्ला कृषि विकास कार्यालयको प्राविधक सहयोगमा संञ्चालित उक्त कार्यक्रमबाट सहभागी कृषकहरुलाई नमुनाको रुपमा तालिम दिईएको र तालिमबाट सिकेका ज्ञान,सिपहरुलाई उपयोग गराउँदै तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने तालिमको उद्येश्य रहेको तालिम संयोजक छबी खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ब्यवसाय गर्ने सोच भएर पनि ज्ञान,सिप र प्रविधिको अभावमा पछि परेका दुर्गमका किसानहरुलाई ब्यबसायिक हिसाबमा तरकारी उत्पादन गर्न सिकाउँदै उत्पादित तरकारी बिक्रि वितरण बाट आयआर्जन गर्ने दैनिक आईपर्ने स–साना आर्थिक समस्या समाधान गराउने तालिमको अर्को उद्येश्य रहेको छ ।
पाँच दिन समम्म तालिममा सअभागी कृषकहरुलाई सागसब्जीका उन्नत बिउ,पानी हाल्ने हजारी,व्याड छोप्नका लागि प्लास्टिक,किटनाशक औषधि लगाएतको सात हजार सातसय बराबरको कृषि सामाग्रीहरु समेत वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
तालिममा सहभागी कृषकहरुले आफुहरुले पाएको ज्ञान,सिप र प्रविधिको प्रयोग गरेर ब्यबसायिक हिसाबमा तरकारी उत्पादन गरेर देखाउने प्रतिबद्धता समेत जनाएका थिए ।रामचन्द्र न्यौपाने





error: Content is protected !!