शक्ति वस्नेतलाई होटल व्यवसायीले भने तपाईको विकल्प छैन् , अगाडी वढ्नुस

हेमन्त के सी
वाँके । पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतलाई नेपालगन्जका व्यवसायीले अगाडी वढ्न सल्लाह दिएका छन् । नेपालगन्जमा भएको एक छलफलमा आज विहान यहाँका होटल व्यावसायीले यस्तो वताएका हुँन् ।
जाजरकोट स्थायी घर भई अस्थायी रुपमा वाँकेको नेपालगन्जमा होटल व्यावसाय गरेर वस्ने तीन दर्जन होटल व्यवयासीले संयूक्त रुपमा वस्नेतलाई विकल्प नै नभएको नेता भनेर सुझाव दिएका छन् । जाजरकोटमा जन्मिएर गृहमन्त्री सम्म वन्न सफल वस्नेतलाई एक मात्र विश्वासिलो र भरपर्दो नेता भन्दै अगाडी वढ्न सल्लाह दिएका हुँन् । हामीले अव को २० वर्ष सम्म शक्ति वस्नेत जस्तो हैसियता भएको नेता पाउँन मुस्किल छ , जुनसुकै दलको भएपनि उहाँलाई सहयोग गरेर जिल्लाको विकास निर्माण देखि भविश्य वनाउने काममा लाग्नु पर्ने कान्तिपुर होटलका पदमवहादुर रावतले वताउनुभयो ।
खाली विरोधको नाममा विरोध मात्र हुँदैन , हामीले नेता चिन्न सक्नुपर्छ उहाँले भन्नुभयो । राज्यका महत्वपुर्ण अंगमा सजिकै पटक शक्ति जी कै छ जसले जे भनेपनि त्यसैले उहाँको विकल्प नै छैन अर्का व्यवसायी शेरवहादुर शाहीले वताउनुभयो ।



