मधेशमा १३०० ले वलिदान गरेपछि मात्रै मधेशी दलले संघीयता भन्न पाएका हुन् – प्रचण्ड

कलैया वारा । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा १३०० नेता–कार्यकर्ताले मधेशमा बलिदान गरेपछि मात्रै मधेशी दलले संघीयता भन्न पाएको बताएका छन् ।

 

कलैया बलरामपुरमा आयोजित सभामा प्रचण्डले भने, ‘हामीले जनयुद्ध लड्यौं, त्यो बेला हामी बाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिकता भन्ने हैसियत थिएन।

चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले जनयुद्ध लडेर, १३०० को रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाई उचाईमा पुगेपछि मधेशवादी दल पनि संघीयता भन्न सक्ने भए ।’

मधेसी दलहरुको एकल तागतले संघीयता नआएको भन्दै प्रचण्डले थने, ‘अहिले मधेशी दलहरु संघीयता हाम्रो भन्न खोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन ।’ अध्यक्ष प्रचण्डले क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न नसक्दैने बताए ।





error: Content is protected !!