शक्ति बस्नेतः जसले पश्चिम जाजरकोट सडक सञ्जाल यसरी जोडे

जाजरकोट । पश्चिम जाजरकोटका गाउँ वस्तीहरु सडक संजालसँग जोडिन थालेका छन । सडक सञ्जालसंग जोडिएसंगै यहाँका हजारौ स्थानीयको जीवन स्तरमा सहजता आएको छ । पुर्वगृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर बस्नेतले पश्चिम जाजरकोटका विकट गाउँ वस्तीहरुलाई विकासको मुल प्रवाहमा ल्याउनका लागि केन्द्रबाट पठाएको बजेट अनुसार काम हुँदा सहजता आएको हो ।
सवैपक्षको सहयोगले पठाए जतिको वजेट परिचालन गरेका कारण केही हद सम्मको समस्या हल भएको उनले बताए । जिल्ला विकास समिति र मताहातका निकायलाई पुर्वगृहमन्त्री बस्नेतले काम नगर्ने उपभोक्ता समिति अर्थात जो कोही भएपनि कारवाही गरि नतिजा निकाल्न पटक–पटक निर्देशन दिएका थिए ।
जाजरकोटे शक्ति बस्नेतको अदृश्य ‘शक्ति’

बस्नेतले काम नगर्ने उपभोक्ता मेरै पाटीको भएपनि कडा कारवाही गर्न आग्रह गरेपछि जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले निरन्तर अनुगमणलाई तिव्रता दिएका थिए । विकास गर्दा सहकार्य र सहमती अनि साझा धारणा बनाएर अगाडी बढेपछि मात्र जति सुकै जटिल काम पनि सजिलै पुरा गर्न सकिने भएकाले केन्द्रबाट मन्त्रीज्यूको ताकेता हाम्रो निरन्तरको खवरदारीले गर्दा केही प्रगति हात परेको स्थानीय विकास अधिकारी पण्डितले बताए ।
पुर्व गृहमन्त्री बस्नेतले खबरडबलीसँग भने—छेडा—थल हुदै चाँदे, छेडा—कचाली, लिर्ता—कार्कीगाउँ—मछाइना, ढुंगिला—वडाकाँडा सार्नीमेला सडक निर्माणको काम तिव्र गतिमा अघि बढेको छ । स्यापी —आले हुदै सीमा, चिउदुवा— इनद्रज्योति मावि जोडने सडक, मटेला —गर्खाकोट, चल्लो पोले—पजारु सडक, बाटुले — टापुचौर सडक, सुवानाउली —मजकोट सडकको काम पनि तिव्र रुपमा अगाडी वढीरहेको छ । मध्पपहाडी लोक मार्ग अन्तरर्गत कुदुदेखि पश्चिम जाजरकोट सम्मको करिव ४६ किलोमिटर कालोपत्रे गर्नका लागि केही दिनमै वोलपत्र आवह्वान हुँन गईरहेको बस्नेतले बताए ।
यस्तै पराले छाना—मजकोट सडक, अब्गाना —पुल्ली मिड्का सडक, दुई पिपल— पोखरा मावि सडक निर्माणको काम पनि दुई वर्षको अवधिमा काम भएको छ । पुर्व गृहमन्त्री बस्नेतकै पहलमा छेडा थल चाँदे हँुदै जुम्लासम्म जोडने सडकको छोडा मोर्क सडक खण्ड कालेपत्रे गरिएको छ भने मोर्क वालुवा खण्ड ग्राभेल भएको छ जिल्ला प्राविधिक कार्यालय जाजरकोटले जनाएको छ ।
२३ वर्षसम्म एक किलोमिटर पनि निर्माण नभएको छेडा कचाली सडकको काम अहिले तिव्र गतिमा अघि बढिरहेको छ । अहिले यो सडकको १५ किलोमिटर निर्माण भएको छ । दोस्रो संविधान सभाको चुनावमा पुर्व गृहन्त्री वस्नेतले स्थानीय वासीको ज्ञापन पत्र वुझदा पश्चिम जाजरकोटका कुनै पनि गाउँमा सडक थिएन तर अहिले अधिकाश गाउँका केन्द्रहरुमा सडक पुगेको अवस्था छ, नेताले चाहे विकास हुँदोरहेछ भन्दै स्थानीयहरु खुसी भएको सिमाका पुर्णवहादुर महतराले खुसी व्यक्त गरे । पश्चिम जाजरकोटमा पर्ने साविकका अधिकाश गाविसका केन्द्रसम्म सडक पुगेको छ । दुई वर्षको अवधिमा अधिकाश गाउँहरुमा ग्रामिण सडकको ट्याक खोलिएको छ । दुई÷तीन दिन पैदल हिडेर सदरमुकाम खलंगा पुग्ने गरेका स्थानीय अहिले गाडी चडेर विहान सदरमुकाम गएर साँझ घर फर्किने गरेको शीवलय गाउँ पालिकाकाका वडा १ का वडाध्यक्ष मानवहादुर थापाले बताए ।
उनले धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको धनी पश्चिम जाजरकोटमा सडकको पहुँच विस्तारसँगै समद्धिको ढोका पनि खुलेको उल्लेख गरे । सडक सगसगै यस क्षेत्रका लघुजलविद्युत आयोजना, खानेपानी, सिंचाइ, लगायतका भौतिक पूर्वाधारको कामले पनि तिव्रता भएपछि जनताले पनि विकासले गति लिन थालेको अनुभुति गरेका छन ।
पश्चिम जाजरकोट सडक संजालले जोडिन थालेपछि जनताले उत्पादन गरेका कृषि जन्यवस्तुहरु सजिलै बजारसम्म पुग्ने भएकोले स्थानीयवासीहरुको आयस्तरमा पनि बृद्धि भएको महतराले बताए । सडक निर्माणले तिव्रता लिन थालेपछि अव विकासले गति लिन्छ भन्नेमा जाजरकोटका जनता ढुक्क छन् ।
तल्लो सुवानाउलीको पिको लघु जलविद्युत आयोजना, गर्खाकोटको हिप्काखोला लघुजलविद्युत आयोजना, दशेरा खानेपानी आयोजना, थालारैकरके माले पहरा खानेपानी आयोजना लगायतका दर्जनौ आयोजनाहरु पनि कार्य पुरा भईसकेको छ ।





error: Content is protected !!