जनस्वास्थ्य प्रमूखको वास नै कव्जा

जाजरकोट । जिल्ला स्वास्थ्य कार्यालय नयाँ आएका प्रमूखको वास वस्ने क्वीटर जिल्ला अस्पतालले कव्जा गरपछि समस्या भएको छ । नियमित रुपमा जनस्वास्थ्य प्रमूख वस्दै आएको क्वीटरमा अस्पतालकी प्रमूख चाँदनी जैसवाललको दादागिरीले कव्जा भएको हो ।

नयाँ आएका प्रमूख अमर नेपालीको क्वीटर अर्कैले कव्जा गरेपछि सदरमुकामको नयाँ नेपाल होटलमा वस्दै आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल वीच एकले अर्कोलाई स्वीकार नगर्ने यस्तो समस्या आएको छ । पुर्व प्रमूख धीरजंग शाह, राजेन्द्र जिसी , झलक शर्मा गौतम लगाएतका जनस्वास्थ्य प्रमूख वस्दै आएको क्वीटर अहिले शाहको सरुवा भए लगत्तै जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य कार्यालय समन्वय नै नगरि कव्जा लिएपछि नयाँ आएका स्वास्थ्य प्रमूखले क्वीटर नपाएका हुँन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख वस्ने भनि निर्माण गरेको क्वीटर एकाएक डाक्टर चाँदनी जैसवालले कव्जा लिएर आफ्ना माताहातका कर्मचारी राखेपछि नयाँ आएका जनस्वास्थ्य प्रमूखले वास नपाएका हुँन् । स्वास्थ्य कार्यालयले छिट्टो क्वीटर छोड्न आग्रह गरेपनि चाँदनी जैसवालका कारण कसैले छोड्न मानेका छैन्न । क्वीटर छोड्न वितिकै जाजरकोटमा सुरु हुँन लागेको अप्रेशन सेवा समेत वन्द हुँने जैसवालको भनाई छ ।

यत्ता जनस्वास्थ्यले अर्कोको भवन प्रयोग नगर्न ताकेता गरेको छ । जनस्वास्थ्य प्रमूख जाजरकोट आएको हप्ता दिन वितेपनि होटलमा वस्न वाध्य भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल वीच वढेको द्धन्द्धले काम गर्ने वातारण नभएको स्वास्थ्यकर्मीले वताउन थालेका छन् । दुवै तिरकोल दादा गिरी देखाउदाँ काम गर्न मुस्किल भएको छेडागाड नपामा आवद्ध स्वास्थ्यकर्मी भीमराज सिंहले वताए ।
डाँक्टर जैसवाल आफै प्रमूख भएर आउने दाँउमा भएकाले सो क्वीटर कव्जा गरेको तर स्वास्थ्य प्रमूख अकै आएपछि प्रतिसोधको भावनाका कारण क्वीटर नछोडेको एक स्वास्थ्य कार्यालयका कर्मचारीले वताए ।

जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल वीच विभिन्न छलफल भएपनि समस्या समाधान हुँन सकेको छैन् । जिल्ला अस्पतालमा काम भन्दा वढी राजनीति हुँने गरेको सरोकारवालाहरु वताउँछन् । राजनीतिक विचार नमिलेपछि काममा पुरै असहयोग गर्ने परिपाटीले यहाँ जो आएपनि काम गर्न नसक्ने स्वास्थ्यकर्मीको भनाई छ । जिल्लामा सिजिनल भाईरल फैलिएको ठाउँमा पठाउने औषधीमा समेत राजनीति गरेको आरोप लाग्दै आएको छ ।
हेमन्त के सी रासस





error: Content is protected !!