ईतिहासमै पहिलो पटक घरमा पुगेर डाक्टर द्धारा उपचार

जाजरकोट । भाईरलका कारण गाउँ नै विरामी भएको त्रिवेणी नलगाड नगरपालिका १०मा आईतवार देखि उपचार कार्य जारी रहेको छ । गाउँमा अहिले सम्म स्वास्थ्यकर्मीले पहिला नटेकेको रावतगाउँमा पहिलो पटक स्वास्थ्यकर्मी पुगेपछि गाउँहरु खुसी भएको स्थानीय कालीवहादुर ध्यारले वताउनुभयो ।
गाउँमा विरामी हुँदा जटिवुटीको भर पर्ने यहाँका स्थानीयहरु पहिलो पटक स्वास्थ्यकर्मी सहित मेयर टेकवहादुर रावल गाउँमा पुगी घर,घरमा उपचार सुरु भएपछि उत्साहित भएको उहाँको भनाई छ । एक हप्ता पहिले देखि ध्यार गाउँ, रावत गाउँमा भाईरलका कारण सयौँ गाउँलेहरु विरामी परेका थिए । अहिले जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रचण्ड कार्की, अहेव राजेन्द्र शाह, अनमी सुनिता मल्ल लगाएतको टिम गाउँमा पुगेर विरामीको उपचार सुरु गरेको मेयर टेकवहादुर रावलले वताउनुभयो । अहिले सम्म २सय ७६ जनाको जाँच सहित औषधी गरिएको अहेव राजेन्द्र शाहले वताउनुभयो । गाउँमा ठुलो मात्रामा विरामी रहेका छन् , विकट गाउँमा उपचार गर्न निकै समस्या छ शाहले भन्नुभयो । फोहोर पानिका कारण यहाँका सयौँ स्थानीयवासीहरु विरामी भएको शाहको भनाई छ । गाउँमा वर्षायाममा जथाभावी फुटेका मुलको पानि पिउँदा समस्या आएको उहाँको भनाई छ । पानि सुद्धीकरण गर्नका लागि कुनै पनि औषधी नभएकाले थप समस्या आएको उहाँको भनाई छ ।
एक गाउँवाट अर्को गाउँमा जाँन नै एक दिन लाग्ने भएकाले सहज रुपमा काम गर्न नसकिएको उहाँको भनाई छ । स्वास्थ्य चौकी रग्दा यहाँवाट ५ घण्टाको टाढा भएकाले यहाँका नागरिकले सहज रुपमा उपचार पाउँन नसकेको स्थानीयवासी नविन ध्यार ले वताउनुभयो । गाउँमा वालवालिका र वुढावुढीहरु वढी विरामी रहेको मेयर रावलले वताउनुभयो । हाम्रा व्यवहारहरु परिवर्तन नभए सम्म दिगो समाधान को वाटो नभएको उहाँको भनाई छ । यत्ता जिल्ला कारागारका कैदी वन्दीलाई पनि भाईरल प्रकोपले समस्या वनाएको डिएस्पी भावेश रिमालले वताउनुभयो । ५० जना कैदी ,वन्दीहरु विरामी भएका कारण सोमवार देखि उपचार सुरु भएको उहाँको भनाई । खानेपानि फोहोर हुँदा समस्या आएको डाक्टर भुपेन्द्र मल्लले वताउनुभयो ।
स्वास्थ्यचौकी छोडी तालिममा
गाउँमा भाईरलका विरामीहरु अत्यधिक भएको समयमा ईलाका स्वास्थ्य चौकी दल्लीले स्वास्थ्यकर्मीहरु तालिमको नाममा दल्ली वोलाएर समस्या निमतिएको छ । गाउँमा विरामीहरु लाई उपचारमा गर्नुको साटो तीन दिने तालिमा नाममा स्वास्थ्यकर्मीहरु दल्लीमा वोलाउदाँ स्वास्थ्य संस्था खाली भएका छन् । विभिन्न समुह विभाजन गरि गाउँ गाउँमा स्वास्थ्यकर्मी जान नगरपालिकाले गरेको आग्रहलाई लत्याउदै स्वास्थ्यले स्वास्थ्यकर्मीहरु तालिम दिने भन्दै स्वास्थ्य संस्था खाली वनाउने काम भएको त्रिवेणी नलगाडकी उपमेयर वालकुमारी वस्नेत वताउनुभयो । ईलाका स्वास्थ्य कार्यालयले हामीलाई असहयोग गरेको उहाँको आरोप छ । तस्विर उपलव्ध छ ।
हेमन्त के सी रासस



