अस्पतालका विरामीलाई फलफुल वितरण

जाजरकोट – नेपाल निजामती कर्मचारी युनियन संघले स्थापना दिवशको अवसरमा सोमवार विरामीलाई फलफुल वितरण गरेको छ । युनियन संघले जाजरकोट अस्पतालका डेड् दर्जन विरामीलाई आफ्नो स्थापना दिवशको अवसरमा उक्त फलफुल तथा जुस वितरण गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद सापकोटा, अन्य कार्यालय प्रमुख, पत्रकार, अस्पतालका डाक्टहरु, युनियन संघका पदाधीकारी लगाएतको सहभागितामा विरामीलाई फलफुल वितरण भएको थियो । संगठनको स्थापना दिवशको अवसर पारेर अस्पतालमा रहेका विरामीहरुको सुस्वास्थ्य तथा दीर्घायुको लागि फलफुल वितरणको कार्यक्रम राखेको अध्यक्ष खीमबहादुर थापाले बताए । कर्मचारी संगठनहरुले पेशागत हकहितका कार्य मात्र बढावा नदिई समाज सेवाका क्षेत्रमा पनि सकृयता देखाउनुु पर्ने अध्यक्ष थापाले बताए ।





error: Content is protected !!