अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ

काठमाडौं माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तमाङ निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी अनिल शर्मालाई १४ मतले पछि पार्दै तामाङ विजयी भएका हुन । भदौं ७ गतेदेखि सुरु भएको क्रन्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन अन्तरगत नेतृत्व चयनका लागि बुधबार निर्वाचन भएको थियो ।
अध्यक्षका प्रत्यासी अनिल शर्मा   लाइृ  पराजित भएपछी पहिलो पटक निर्वाचन मार्फत नेतृत्व चयन भएकोमा खुसी व्यक्त गरे । विद्यार्थीहरुको मतलाई सहज रुपमा स्वीकार गर्ने भन्दै शर्माले निर्वाचित अध्यक्ष रञ्जित तामाङलाई बधाइसहित कार्यकालमा राम्रो काम गर्न सुझाव दिए । व्यक्तिगत प्रतिस्पर्धा भएकोले निर्वाचनले संगठनमा गुटको विकास नहुने शर्माले स्पष्ट पारे । शर्माले भने ‘हाम्रो व्यक्तिगत रुपमा सौहार्दपूर्ण प्रतिस्पर्धा हो, यसले संगठनमा विभाजन ल्याउने भन्ने हुँदैन ।
अध्यक्षमा विजयी रञ्जित तामाङले अन्नपूर्णसँग कुरा गर्दै निर्वाचन गर्ने परिपाटीले टिकेप्रथाबाट नेतृत्व छानिने भन्दै संगठनमाथि लाग्ने आरोपको अन्त्य भएको बताए । तामाङले भने ‘समान हैसियत भएका साथीहरु बीच प्रतिस्पर्धा भएकाले कसले जित्यो कस्ले हा¥यो भन्ने भन्दा पनि निर्वाचनले को विद्यार्थी मोर्चाको जिम्ेवारीमा रहने र को पार्टीको अर्को जिम्मेवारीमा जाने भन्ने टुंगो मात्रै लगाएको हो’ । कसैको विजय पराजयभन्दा पनि विधि, पद्धति अनुसार स्वस्थ प्रतिस्पर्धा मात्रै भएको तामाङले बताए । निर्वाचनका खराब पक्षलाई नभइ सकारात्मक पक्षलाई अंगाल्दै अघि बढ्नु पर्नमा तामाङले जोड दिए ।
क्रान्तिकारीले पहिलो पटक निर्वाचन मार्फत नेतृत्व चयन गरेको हो । ३३ पदाधिकारी र २१० केन्दीय सदस्य चयन गर्नु पर्नेमा महिला उपमहासचिव र करीब ५० प्रतिशत केन्द्रीय सदस्य निर्विरोध चयन भएको प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् । ३२ पधाधिकारी र बाँकी केन्द्रीय सदस्य निर्वाचन मार्फत चयन भएका छन् १७०४ प्रतिनिधिले मतदान गरेको क्रान्तिकारीले जनाएको छ ।





error: Content is protected !!