दुनै भ्यालीक्लब डोल्पाले जिल्ला स्तरीय फुलबल प्रतियोगिता आयोजना गर्दै,बिजेतालाई एक लाख एक हजार नगत सहित ट्रफी

दुनै(डोल्पा)
डोल्पा सदरमुकाम दुनै स्थित दुनै भ्यालीक्लब को आयोजनामा जिल्लाकै खेलकुद इतिहाँसमै ठुलो राशिको पुरस्कार सहितको फुटबल प्रतियोगिता संञ्चालनहुने भएको छ ।
क्लबको चौथो संस्करण अन्तर्गत फुटबल प्रतियोगिता संञ्चालनहुन लागेको हो ।
जिल्ला स्तरीय फुटबल प्रतियोगिताको मुख्य प्रायोजन ठुलीभेरी नगरपालिकाले गरेको छ ।
त्यस्तै प्रायोजन त्रिपुरा सुन्दरी नगरपालिका,डोल्पो हिमाललय बचत तथा ऋण सहकारी संस्था लिमिटेड,हिमाली बेकरी उद्योग तथा रोजा फार्मिङ्ग दुनै ,पला गेष्ट हाउसले गरेको छ भने सह–प्रायोजन किर्डाक नेपाल र ओमपार गेष्ट हाउसले गरेको छ ।
१७ भदौ शनिबार दिउसो १ बजेबाट खेलको औपचारीक उद्घाटन गरेर खेल सुरुहुने शुक्रबार सदरमुकाम दुनैमा आयोजित पत्रकार सम्मेलनबाट क्लबका अध्यक्ष हिक्मत शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिजेता समुह लाई एक लाख एक हजार नगत सहित ट्रफि,उप–बिजेता समुह लाई पुरस्कार तीस हजार सहित प्रमाण पत्र ब्यबस्था गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।
खेलमा जिल्ला भरीबाट १३ वटा जति प्रतिस्पर्धि समुहले दर्ता गर्ने अनुमान गरिएको जनाईएको छ भने डोल्पाको खेलकुद ईतिहाँसमै ठुलो पुरस्कार राशि ब्यबस्था सहितको फुटबल खेल आयोजना गर्न लागिएको हो ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!