गर्भपतनको औषधि जथाभावी विक्री

हेमन्त के सी
जाजरकोट  । यहाँका अधिकांश ठाउँमा अवैधानिक रुपमा भर्गपतन गराउनेको संख्य ठुलो रहेको छ । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा रहेका औषधी पसल तथा सदरमुकामकै औषधी पसलमा अवैधानिक रुपमा गर्भपतन गराउनेको संख्य वढी रहेका पाईएको छ ।
वैधानिक रुपमा स्वास्थ्य संस्थामा आएर गर्भपतन गराउने भन्दा मेडिकलहरुमा मोटोरकम खर्चेर गर्भपतन गराउनेका संख्य ठुलो रहेको छ । सदरमुकाम भन्दा गाउँमा रहेका औषधी पसलमा जति रकम लागेपनि असुरक्षित रुपमा गर्भपतन गराउनको संख्य वढी रहेको एक औषधी विक्रेताले वताए ।
असुक्षित यौनसम्पर्क , हाडनाता करणी, उमेरै नपुगी गरिने विवाह लगाएतका कारणले गर्दा गर्भपतन गराउेको संख्य ठुलो हरको छ । विद्यालय उमेरका केटीहरु गर्भपतन गराउन वढी आउने गरेको सदरमुकाममा औषधी पसलका एक विक्रेताले वताए ।
रुदै कराउदै आउँछन् के गर्नु औषधि दिनै पर्र्यो औषधी विक्रेताले भने । अन्य औषधि भन्दा यो औषधी वढी विक्री हुँने गरेको छ । सामान्यतया सुरक्षित गर्भपतन सेवा कार्यक्रम अन्तर्गत नौ हप्ताभित्र मात्र गर्भपतन गर्न मिल्ने कानुनी प्रावधान छ । त्यसका लागि आवश्यक औषधि प्रयोगका लागि स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा अंकित वोर्ड र प्रमाणपत्र देखिने गरी सेवा प्रदायक स्वास्थ्य संस्थाले राखेको हुनुपर्छ । सुरक्षित गर्भपतन सेवा कार्यक्रम अन्तर्गत सरकारले २००९ देखि गर्भपतन सेवा सुरु गरेको थियो । सूचीकृत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवन तथा गर्भपतन गर्न पाइने भएपनि औषधि जथाभाबी बिक्री भएको पाइएको छ । गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स, मेरिप्रिस्ट र पे्रग्नोकिट गरी चार औषधि औषधि व्यवस्था विभागमा दर्ता भएका छन् । मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुन् भने मेरिप्रिस्ट र पे्रग्नोप्रिस्ट किट्स नेपाली । तर, बजारमा यी बाहेक ३० प्रकारका औषधिसमेत बजारमा भेटिन्छन । यहाँका निजी औषधि पसलले भने सरकारको यी मापदण्ड उल्लंगन गरी आफूखुशी यो औषधि बिक्री गरिरहेका छन् ।
ग्रामीण क्षेत्रमा औषधी पसलमा विभागबाट अनुमति नपाएका गर्भपतनका औषधी पनि बिक्री गरेको भेटिएपनि अनुगमण कसैले नगर्ने भएका कारण यो कार्य मौलाएको छ । नेपाल सरकार, सुरक्षित गर्भपतन सेवाका सक्रिय गैरसरकारी निकाय र औषधि पसल मिलेर नीति बनाउन सकेमा मात्र जनचेतना प्रभावकारी हुने उनको सुझाव छ ।

 





error: Content is protected !!