कहिले पूरा होला यी आफन्त गुमाएका वालवालिकाको सपना पुरा ?

हेमन्त के सी
जाजरकोट पिपे  । बाबाको माया खै कस्तो हुन्छ जाजरकोट भेरी नगरपालिका १ की पार्वती पुनलाई थाहै छैन रे । भर्खर साढे १३ वर्षकी मात्र भएकी उहाँले बाबालाई देखेकै छैनन् । पार्वती जन्मिएको वर्षदिन नपुग्दै उहाँका बाबा तत्कालिन सेनाले वेपता वनाईसकेको थियो , जनयुद्धमा । तर, उहाँ बाबाले ल्याइदिएको कुर्ता सुरुवाल लगाउने आशा सांचेर बसिरहनुभएको छ । अबोध पार्वतीलाई अझैं थाहा छैन बाबा कहिल्यै आउने छैनन् र कुर्ता सुरुवाल पनि ल्याउने छैनन् ।
‘मम्मीले भन्नुभएको, म ठूलो भएपछि बाबाले मलाई कुर्ता सुरुवाल ल्याइदिनुहुन्छ रे ।’ पिपेस्थीत विद्यालयमा कक्षा ६ मा पढ्न आउदै गर्दा वाटोमा भेटिएकी उहाँले साथिलाई पर्खन आग्रह गदै भन्नुभयो । ‘तर, मम्मी पनि कस्तो,कस्तो ? बाबा कहाँ हुनुहुन्छ कहिल्यै भन्नुहुन्न ।’ पार्वतीलाई वावा वेपता भएको थाहाँ नै छैन् , तर सबै साथीहरुले आ,आफ्ना बाबाको कुरा गर्दा मेरो वावा कहाँ हुनुहुन्छ भनेर कहिले काँही आमा संग प्रश्न मात्र तेर्सेउने गरेको उहाँकी आमा रमिता पुनले आखाभरी आँसु चुहाउदै भन्नुभयो ।
त्रिवेणी नलगाड नगरपालिका ८ की दोखुका रामवहादुर विक पंञ्चभयार माविमा पढिरहेकी छिन् । दश वर्षे जनयुद्धमा उहाँले बाबा गुमाएका हुँन् । सवैका वावा देख्दा उहाँ पनि घरमा हजुर वावा संग मेरो वावा खै भन्दै प्रश्न गर्ने गर्छन । वाजेले तेरो वावा भोली आउछ भन्दै दैनिक भोली कटाईरहेका छन् तर उहाँका वावा जति भोली वितेपनि कहिले नर्फने गरि सहिद भएको उहाँलाई थाह छैन । त्यस्तै चुनीचाँदे गाउँपालिका जुनीका नरेन्द्र घर्ती अहिले कक्षा ८ मा पढिरहेका छन् । उहाँले जनयूद्धमा वावा,आमा दुवै गुमाएका थिए । यो गाउँमा एकै पटक २७ जनाको एकै चिहान वनाएर तत्कालिन सेनाले हत्य गरेको थियो । सोही २७ जनामा उहाँका आमा ,वावा पनि सहिद भएका थिए । उहाँ आफूजस्तै थुप्रै साथीहरुसंग दुःख पीडा साटासाट गरेर मन बुझाउने गरेको बताछन् । जुनीचाँदे गाउँपालिकाको दहका २४ वर्षीय लक्ष्मण बुढामगर ६ वर्षदेखि शरीरमा बमका छर्रा बोकेर बांचिरहेका छन् ।

२०६१ भदौ १ गते नजिकैको ओर्ताङ गाउंमा सरकारी सेनाले हेलिकोप्टरबाट अन्धाधुन्ध बमबाडी गरेपछि आफू घाइते भएको उहाँ बताउनुहुन्छ । बेलुका ४ बजेतिर हुनुपर्छ, गाउंमा माओवादीको कार्यक्रम थियो, एक्कासी हेलिकोप्टरले बम हान्न लाग्यो’ उहाँले भन्नुभयो ‘सबै जंगलतिर भागे, म पनि यताउती दौड्दै थिए, हेलिकोप्टरले मेरो नजिकै बम खसालेछ, म त्यहीनेरै ढलेछु थाहै पाइन ।’ बमले लागेर उहाँका दुवै खुट्टा भांचिएका छन् । दायां खुट्टाको घाउ निको भएपनि बायां खुट्टा पूरै बाङ्गो भएको छ । अहिले पनि वायां खुट्टामा बमका छर्राहरु रहेको उहाँले बताउनुभयो ।

‘संकटकालको बेला, उपचार गर्न कहां जाने ? घाइते भएको भेटाएपछि सेनाले मारिहाल्थ्यो । जनसेनाहरुले कहिले जंगलमा, कहिले गाउंलेहरुको घरमा राखेर १ वर्षसम्म उपचार गरे’ । उहाँले भन्नुभयो ‘शान्तिकालपछि एकपटक काठमाण्डौं गएर देखाउंदा डाक्टरले अझैं खुट्टामा बमका छर्रा छ, निकाल्नलाई धेरै खर्च लाग्छ भनेको छ । खोई, मेरो उपचार कसले गरिदेला ?’ खुट्टामा लागेको घाउमा बाहिरबाट टाटो बसेपनि भित्र बमका छर्राहरु बांकी नै छन् । बाङ्गएिको खुट्टा सीधा त होला ,नहोला तर उहाँ उपचारको आशमा बांचिरहनुभएको छ । द्वन्द्वको क्रममा उहाँले आफ्ना खुट्टाहरु मात्रै गुमाएका छैन्, दाई खड्कबहादुर बुढालाई पनि गुमाएका छ । आफू ४ बर्षको हुंदा खेत रोप्न गएका दाईलाई माओवादीको आरोपमा पुलिसले २०५५ साल असारमा हत्या गरेको थियो । पुलिसले गाउंमा मच्चाएको दमन, आतंक र दाईको हत्यापछि बाध्यताले परिवार नै माओवादी बन्नुपरेको उहाँको भनाई छ ।

पीडा पनि खै कस्ता,कस्तो ? दुःखजति सबै एउटैको थाप्लोमा पर्नु । बुवा प्रेम विक र आमा रति विकलाई तत्कालिन शाहीसेनाले हत्या गरेपछि सहाराविहीन बनेका वारेकोट गाउँपालिका ८ का सिता विककले पोहोर साल घाँस काट्न गएका वाजे लडेर मृत्यू पछि हजुर वावा पनि गुमाउनुर्पयो । सानैमा अविभावक गुमाएर बेसहारा बनेपछि अन्य आफन्तजन र पार्टी कार्यकर्ताहरुको घरमा बस्दै र पढ्दै दिन बिताएको उहाँ बताउनुहुन्छ ।
सिता, नरेन्द्र मात्रै हैन, उनीहरुजस्तै यहाँ दर्जनौ वालवालिकाहरु द्धन्द्धको कारण आमा ,वावाको न्यानो माया पाउन वाट वन्चित छन् । उनीहरुको पढाई ,लेखाई न त सरकारले राम्रो संग हेरेको छ न त स्वायम माओवादी पाटीले नै ?
उसो त सशस्त्र द्वन्द्वको क्रममा तत्कालिन सरकारी सेना र प्रहरीको मानसिक तथा शारीरिक यातना एवं अन्धाधुन्ध हवाई तथा स्थल आक्रमणको मारमा परेका बालबालिकाहरुको दिमागमा समेत अहिले पनि हेलिक्प्टर आकाशमा उडेको देख्दा सातो जाँने गरेको अभिवावकहरु वताउछन् ।
अलग,अलग ठाउं र फरक,फरक घटना भएपनि पीडा सबैका उस्तै ,उस्तै छन् । कसैले सशस्त्र द्वन्द्वको क्रममा बाबा गुमाएका छन् त कसैले आमा, कसैले दाई र दिदीहरु गुमाएका छन् त कसैले बाआमा र दाजु दिदीहरुसमेत गुमाएका छन् । कसैका अविभावक द्वन्द्वमा परी अङ्गभङ्ग भएका छन् त कोही घरबारविहीन । पीडैपीडाको सागरमा हुर्किएका विचित्रका बालबालिकाहरुको भविश्य निर्माणमा कोही पनि नलागेको उनीहरुको आरोप छ । कल्कलाउंदो उमेरमै बाआमा र अविभावक गुमाएर बेसहारा बनेका उनीहरुको पीडा सुन्दा त्यसै त्यसै टाउको भारी भएर आउंछ ।
पढाईमा लगनशील र अनुशासित उनीहरु कोही डाक्टर, शिक्षक बन्ने त कोही सेना बन्ने लक्ष्य राखेको बताउंछन् । कोही भने देश र जनताको मुक्तिका निम्ति लड्दालड्दै शहिद बनेका बाआमा र आफन्तजनका अधुरा सपना साकार पार्ने यात्रामा लामबद्ध हुने अठोट व्यक्त गर्छन् । जाजरकोटमा ११ जना अझै वेपता छन् भने ३ सय भन्दा वढी ज्यान गुमाएका छन् । अन्तराष्टिय वेपता दिवस जति मनाएपनि हाम्रा आफन्त कहिले फर्कदैन्न भन्दै वेपताका आफन्तले आक्रोष व्यक्त गर्दछन् ।

 





error: Content is protected !!