सद्भावना पार्टीका संस्थापक महामन्त्री अनिस अन्सारी माओवादी केन्द्रमा प्रवेश

जनकपुरमा भएको एक कार्यक्रम बीच सद्भावना पार्टीका महामन्त्री अनिस अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दै अन्सारीले देशको हित चाहने, जनताको मुक्ति चाहने र मधेशको हितमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको बताएका छन् ।

माओवादी केन्द्र नभएको भए यो देशमा गणतन्त्र नै आउने थिएन’ नेता अन्सारीले भने, ‘माओवादी नभएको देशमा गणतन्त्र नै आउने थिएन, सबैले अधिकारको कुरा गर्ने आँट गर्दैनथे ।’ उनले नेपालमा राष्ट्रिय एकता कायम गर्ने एक मात्र पार्टी माओवादी भएको पनि जिकिर गरेका छन् । उनले भने,‘माओवादी नभएको भए देशमा हिमाल, पहाड र तराईरमधेसबीच एकता कायम गर्न निकै कठिन थियो ।’
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि थुप्रै नेताकार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।





error: Content is protected !!