जुम्लाको स्याउ गोदाममा,भारतीय स्याउ बजारमा

दाङ : भारतीय स्याउले एक छत्र बजार ओगटी रहेका बेला दाङका वजारमा जुम्लामा उत्पादन भएको स्याउ भित्रिएको छ । जिल्लामा जुम्ली स्याउ भित्रिएसंगै स्वदेशी व्यवसायीहरुले भारतीय स्याउको आयात घटाउँदै जुम्ली स्याउको बजार विस्तार गर्न थालेका छन ।
जिल्लामा भित्रिएको जुम्ली स्याउलाई अव बजार विस्तारको खाँजो भएको व्यवसायीहरुले वताएका छन । उपभोक्ताहरुले मन पराएको स्याउलाई केहि व्यवसायीहरुले अवरोध पु¥याइरहेको जुम्ली स्याउका व्यवसायीहरुले बताएका छन ।
अहिले जुम्लामा उत्पादन भएर दाङका आएको स्याउले दाङमा वजार नपाएको उनीहरुको गुनासो पनि छ । जुम्ली स्याउले भारतीय स्याउ र व्यापारीको कारण वजार नपाएपछि स्वदेशी स्याउका व्यवसायीहरु चिन्तित भएका छन् । 
भारतीय स्याउ भन्दा झण्डै दोब्बर सस्तो मूल्य भएपनि फुटकर विक्रेताको अभावले दाङका बजारमा आएको जुम्ली स्याउले बजार नपाएको व्यवसायी कृष्णवहादुर शाहीले वताए । फुटकर मुल्य प्रतिकिलो ९० रुपैया र थोक मुल्य ७० रुपियाँ प्रतिकिलो दिदापनि थोक तथा फुटकर व्यवसायीले भारतीय महङगो स्याउलाई प्राथामिकता दिदा स्वदेशी उत्पादन समस्यामा परेको उनले वताए । भारतीय स्याउको बजार मुल्य फुटकरमा १ सय ५० देखि दुई सय रुपैयासम्म प्रतिकिलोमा विक्रिवितरण भैरहेको छ । नेपाली जुम्ली स्याउ ७० रुपैयादेखि एक सय रुपैया सम्म प्रतिकिलो पर्छ । भारतीय स्याउ भन्दा सस्तो हुदा पनि स्याउले बजार नपाउँदा जुम्ली स्याउ गोदाममै सड्ने अवस्थामा रहेको शाहीले वताए ।
पहिलो चरणमा दाङको तुलसीपुरमा आएको चार हजार ६ सय किलो जुम्ली स्याउ गोदाममै थन्किएको व्यवसायी शाहीको गुनासो छ । यसअघि नेपालगञ्ंज र सुर्खेतमा जुम्ली स्याउको कारोवार गर्दै आएका शाही पहिलो पटक दाङमा स्याउ विक्री गर्न आएको र उपभोक्तासम्म जुम्ली स्याउ पु¥याउन भारतीय स्याउ व्यापारीले अवरोध गरेको उनको भनाई छ । प्रतिक्विन्टल सात हजारको अर्डरमा ४६ क्विन्टल शाहीले जुम्ली स्याउको बजार विस्तारको लागि दाङमा ल्याए पनि भारतीय स्याउका व्यापारीका कारण आफुले उपभोक्ता माझ नेपाली स्याउ पु¥याउन नसक्दा झण्डै तीन लाख घाटामा जाने अवस्था सिर्जना भएको बताए । 
हिमाली जिल्ला जुम्लामा उत्पादन भएको स्याउको वजारीकरणमा सहयोग गरी नेपाली किसानलाई प्रोत्साहन गर्न सरोकारवाला निकाय सवैसंग व्यवसायी शाहीले अनुरोध गरेका छन । उनले स्वदेशी उत्पादनलाई महत्व नदिने र विदेशी उत्पादनबाट बढी मुनाफा खान खोज्ने व्यवसयायीका कारण स्वदेशी उत्पादनले बजार पाउन नसकेको बताए । दाङमा अधिकाँश फलफुल व्यवसायी भारतीय नागरिक छन भने थोरै मात्रै नेपाली छन । भारतीय नागरिक व्यापारी हुँदा स्वदेशी स्याउले भन्दा भारतीय स्याउले बजार ओगटेको हो ।










