गाउँका खाद्य डिपो असार देखि रित्तै

हेमन्त के सी
जाजरकोट  । यहाँको नेपाल खाद्य संस्थानले असार देखि अहिले सम्म गाउँमा खाद्यान्न पठाउन सकेको छैन् । जिल्ला सदरमुकाममा रहेको गोदाममा समेत प्रयाप्त खाद्यान्न नहुँदा गाउँमा डिपोमा चामल पठाउन नसकिएको हो ।
सदरमुकाको गोदाममा ५ सय क्विन्टल मात्र मौजदात रहेको छ । उत्तरपुर्वी क्षेत्रको घाट र पश्चिमको दसेरा डिपोमा एक गेडा चामल नभएको कार्यालयले वताएको छ । केन्द्रले जिल्लाका ४ ठाउँमा रहेका डिपोमा चामल पठाउनका लागि ठेक्का स्वीकृत नगर्दा समस्या आएको हो । वर्षायाममा चामल लिने वाटोको समस्याले गर्दा ग्रामीण क्षेत्रमा रहेका पसलमा चामल भाउ आकाशियाको वारेकोट गाउँपालिका वडा ५ का पृथ्वीविक्रम शाहीले वताउनुभयो । सदरमुकाम स्थित कार्यालयवाट चामल पठाउन समेत केन्द्रकै स्वीकृती चाहिने भएकाले समस्या भएको छ । गाउँमा चामलको माग भएपनि पठाउन नसकिएको सदरमुकाममा रहेको कार्यालयले वताएको छ । दैनिक सदरमुकाम स्थित कार्यालयमा चामलका लागि स्थानीयका फोन आएपनि चामल पठाउन नसकिएको कार्यालयले वताएको छ । सदरमुकामा रहेको चामल गाउँमा पठाउनका लागि प्रयाप्त नभएको वताएको छ ।
गाउँमा खाद्य डिपोमा दैनिक स्थानीय वासीन्दाहरु आएपनि रित्तो हात फर्कनु परेको दशेराका कालीवहादुर थापाले वताउनुभयो । पुरानो अन्न सकिएको नयाँ नपाकेका कारण गाउँमा खाद्यान्न अभाव हुँने गर्दछ । दुधे मकै पोलेर , पकाएर खाँदा समस्या भएको रामीडाडाका प्रेमवहादुर थापाले वताउनुभयो । रग्दाका महेन्द्र वाँनियाले भन्नुभयो “हाम्रो खेतवारीमा अन्न पाकेको समयमा गाउँमा रहेको खाद्य डिपोमा चामल आएर के काम भो र चाहिएको वेलामा आए काम” ?

 




सम्बन्धित समाचार


error: Content is protected !!