भेरी नदीमा कहिलेसम्म डुङ्गाको जोखिम यात्रा 

सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतमा पर्ने तातापानीका बासिन्दाहरु दैनिक भेरी नदीमा डुङ्गाको यात्रा गर्न बाध्य छन् । भेरी नदीमा पक्की र झोलुंगे पुल नबन्दा स्थानीय दैनिक डुङ्गाको यात्रा गर्न बाध्य भएका हुन् ।

पञ्चपुरी नगरपालिका वडा नम्बर १० र ११ का नागरिकहरू भेरी नदीमा पक्की र झोलुंगे पुल नहुँदा जोखिममा डुङ्गाको यात्रा गरिरहेका छन् ।

साविकको तातापनी गाविसका नार्सी, जामु, गल्फाका स्थानीयहरु बर्षौदेखि सदरमुकाम वीरेन्द्रनगर आउन र घर फर्किनका लागि जोखमा ढुङ्गाको यात्रा गरिरहेका छन् । हिउँद न वर्षात् भेरी नदीमा जोखिमको यात्रा गर्न बाध्यहुँदा पुल निर्माणको कार्यलाई तीव्रता नदिएको स्थानीयको तर्क छ ।

भेरी पारिको बस्ती तातापानीमा जोड्ने एक मात्र झोलुंगे पुल ०७१ सालको बाढीले बगाएपछि यहाँका नागरिकहरू डुङ्गाको साहरामा भेरी नदी तर्ने गरेका छन् ।

नदी तर्ने अन्य विकल्प नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानी तथा अन्य कामका लागि सदरमुकाम आवतजावत गर्न ज्यान जोखिममा पारेर यात्रा गर्नु परेको स्थानीयको गुनासो छ ।

पञ्चपुरी नगरपालिकाको बावियाचौर र तातापानी जोड्न भेरी नदीमा पुल निर्माण कार्य जारी रहेपनि अझै डेढ वर्ष लाग्ने भएपछि कहिलेसम्म जोखिममा डुङ्गाको यात्रा गर्ने भन्ने प्रश्न यहाँका स्थानीयको रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!