मेकअप गर्नुअघि ४ काम

सौन्दर्यका लागि मेकअपको महत्व ठूलो छ । तर, मेकअपमा गरिने कतिपय गल्तीले दीर्घकालमा अनुहारमा झन् असर निम्त्याउन सक्छ । खासगरी मेकअप गर्नुअघि केही पाटोमा ध्यान दिनुपर्छ
कस्तो मेकअप गर्ने भन्नेमा निश्चित हुनुपर्छ । फरक–फरक प्रयोजनका लागि मेकअपका तरिका पनि फरक गर्नुपर्ने हुन सक्छ । सामान्य या हेभी कस्तो मेकअप गर्ने भन्ने विषय उपस्थित हुने ठाउँको माहोल, महत्व र तपाईंको भूमिकामा फरक पर्छ । निश्चित भएर गरेको मेकअपले आत्मविश्वास बढाउन ठूलो भूमिका राख्छ ।
मेकअपको प्रकृतिअनुसार मेकअप किट्स आवश्यक पर्छ । मेकअप सुरु गरेपछि यो भएन या त्यो भएन भनेर छटपटाउनुपर्यो भने परिणाम राम्रो आउँदैन । त्यसैले आफूलाई आवश्यक पर्ने सबै मेकअप सामग्री पहिल्यै एक ठाउँमा जम्मा गर्नुपर्छ ।
मेकअप कस्तो गर्ने र कस्ता सामग्री प्रयोग गर्ने भन्नेमा निश्चित भएपछि अनुहारको ‘डेड स्किन’ पूर्ण रूपमा हटाउनुपर्छ ।
फोहोर तथा डेड स्किनमै मेकअप गर्दा स्किन एलर्जीलगायत अन्य ब्याक्टेरियल समस्या निम्तिन सक्छ । आयली स्किन छ भने अस्ट्रिजन्ट टोनरवाला फेसवास र ड्राई छ भने क्लिन्जिङ मिल्कको प्रयोग गर्नुहोस् । बढी नै फोहोर छ भने डिप क्लिन्जिङ गर्नुपर्छ ।
अनुहार र आँखावरिपरि हुने रौँले मेकअपमा समस्या निम्त्याउँछ । रौँ भएको अनुहारमा मेकअप गर्दा लतपतिने तथा राम्रो लुक्स नआउने हुन्छ । त्यसैले मेकअप गर्नुअघि आइब्रोज थ्रेडिङ गर्नुपर्छ । अनुहारमा रौँ पलाएको छ भने तीन दिनअगाडि नै फेस ब्लिच गर्नुपर्छ ।










