वैकल्पिक सडक मर्मत

जाजरकोट – जाजरकोटको भेरी नगरपालिका भित्रका विभिन्न सडकहरु सरससफाई गरिएको छ । यातायाताका साधनहरु सहज रुपमा लिन र ल्याउन सरसफाई गरिएको नगरपालिकाका कार्यकारी रामप्रसाद शर्माले वताउनुभयो । शुक्रबार राती अविरल परेको वर्षाका कारण मोटर बाटोमा पहिरो आएपछि शनिबार बिहान देखि बेलुकी सम्म सडक सुचारु गर्नका लागि पहिरो पन्छ्याएर मोटर बाटो सरसफाई कार्य सम्पन्न गरिएको हो ।
छिन्जु, जाजरकोट हुँदै डोल्पा जोड्ने सडक खण्ड अन्तरगत भेरी नगरपालिका ४ बोहरागाउँ जिरो प्वाईन्ट देखि भेरी नगरपालिका १ कालेगाउँ सम्मको मोटर बाटो सरसफाई गरिएको भेरी नगरपालिकाले जनाएको छ । गए राती परेको भारी वर्षातका कारण उक्त सडक खण्डमा आएको पहिरोका कारण छिञ्चु हुँदै जाजरकोट रिम्ना जोड्ने मोटर बाटोको ठाउँ–ठाउँमा अवरुद्ध भएको थियो । मोटर बाटो अवरुद्ध भएपछि सवारी साधन आवत–जावत गराउन पूर्णरुपमा समस्या भएको थियो ।










