यूद्धकालका घटना व्यूँताउनेलाई नछाडिने — सापकोटा

सुर्खेत । द्धन्द्धकालका घटनालाई लिएर नेकपा माओवादीलाई कम्जोर वनाउने कसैलाई नछोड्ने वाइसिएका अध्यक्ष रामप्रसाद सापकोटाले वताउनुभयो । हामी विरुद्ध अनेक शडयन्त्र हुँदै आएका छन् अव हामी कांग्रेस र एमालेका नेताविरुद्ध पनि अदालतमा मुद्दा हाल्ने घोषणा उहाँको भनाई छ ।
अब जनयुद्धकालिन मुद्दाहरु ब्यूँताउनेविरुद्ध कडा प्रतिवाद गर्नेसमेत वाइसिएलले चेतावनी दिएको छ ।
वाइसिएलको प्रदेश नम्बर ६ कमिटीले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सापकोटाले भन्नुभयो,‘शान्ति सम्झौतासँगै जनयुद्धका सबै मुद्दा सकिएका छन, तर कांग्रेस र एमालेले एकपछि अर्को गर्दै माओवादी नेताविरुद्ध मुद्दा हाल्नथाले । यसले हाम्रो पार्टीलाई निरुत्साहित बनाएको छ, अब हामी पनि कांग्रेस र एमालेका नेतालाई छानीछानी अदालतमा मुद्दा हाल्छौं ।’
माओवादी नेता बालकृष्ण ढुंगेल र पार्टीका अन्य नेताविरुद्ध अदालतबाट भएका फैसला अस्वीकार्य भएको वाइसिएलको भनाइ छ । ‘अदालतबाट भएका फैसला हामी स्वीकार गर्दैनौं, जनयुद्धकालिन घटनाहरु अदालतले हेर्ने होइन’ उनले भने,‘अब जसले जनयुद्धका मुद्दा ब्यूँताउँछ, त्यसविरुद्ध कडा प्रतिकार गर्नेछौं ।
वाइसिएल निस्कृय हुँदा माओवादी पनि कमजोर भएको भन्दै अध्यक्ष सापकोटाले अब प्रदेश र केन्द्रको निर्वाचनमा आफ्नो संगठन सक्रिय हुने दावी गनुभयो । जनताको काममा पनि लाग्नेछौं, सहयोगीको रुपमा हाम्रो संगठन अगाडि बढ्नेछ ।’ माओवादी कमजोर हुँदा परिवर्तनका उपलब्धीहरु गुम्ने खतरा बढेको वाइसिएलको दाबी छ । अब वाइसिएलको उपस्थिति सशक्त हुने समेत सापकोटाले जनाए ।
हेमन्त के सी रासस










