गृहराज्यमन्त्रीको बिवादस्पद भनाई – “पर्यटकको भेषमा आईएसका लडाकुहरु भित्रिएका हुनसक्छन् ”

रामेछाप –गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले नेपालको अध्यागनमन कमजोर भएको दावी गर्दै त्यसले देश आतंकारीहरुको खेल खेल्ने थलो हुन सक्ने दावी गरेका छन् । प्रेस सेन्टर रामेछापले शनिवार सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले अध्यागमन सुधारको लागी अध्यागमन विधेयकको मस्यौदा निर्माणको तयारी अघि बढेको बताए । उनले नेपालमा पर्यटकको भेषमा आईएसका लडाकुहरु समेत भित्रिएको हुन सक्ने आशंका ब्यक्त गरे ।

“पर्यटकको आवरणमा त्यस्ता व्यक्तिहरु नेपालमा प्रवेश गरेका हुनसक्छन्, हामीले भरपर्दो संरचना निर्माण गरेनौ भने भविष्यमा नेपाल आतंकवादी गतिविधि सञ्चालन गर्ने हव वन्न सक्छ ।” राज्यमन्त्री श्रेष्ठले पत्रकार भेटघाटमा भने ।

 

उनले गृहप्रशासन सुधारको लागी आफुले नीतिगत काममा ध्यान दिने पनि बताए । एक साता अघि राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठले गृहप्रशासनमा केही दिनभित्र परिणाम आउने खालको काम गर्ने दावी समेत गरे ।

 

माओवादीका युवा नेता समेत रहेका श्रेष्ठले वर्तमान सरकारले तीन वटै निर्वाचन समयमै सम्पन्न गर्ने बताए । उनले त्यसका लागी सरकार गम्भिरतापुर्वक लागिरहेको दाबी गरे । श्रेष्ठले विहिवार अध्यागमन विभाग पुगेर बिफ्रीङ समेत लिएका थिए ।





error: Content is protected !!