अस्तित्व मेटिँदै स्मृतिपार्क प्रवेशद्वारमै दिनभर ताला झुन्डिँदा हेर्न आउने निराश

 

रिम्ना जाजरकोट , भेरी नगरपालिका–१ रिम्ना, जाजरकोटमा निर्माण गरिएको पार्कभित्रको सहिद स्मृति भवन । तस्बिर स् हरिरकान्तिपुर
भाद्र ८, २०७४( भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको सहिद स्मृति पार्कमा २०७० को अन्तिमसम्म अर्कै चहलपहल हुन्थ्यो । पार्कको प्रवेशद्वार दिनभरजसो खुलै रहन्थ्यो । पार्कभित्र पस्नेले चिडियाखानाको झल्को मेट्थे ।
पार्कभित्रको अन्य रमणीय वातावरणले त्यहाँ पुग्ने जो कोही लोभिन्थे । हाल भने उक्त पार्कको प्रवेशद्वारमा दिनभर ताला झुन्डिएको हुन्छ । पार्कभित्र झाडी बढ्दै गएको छ । पालिएका वन्यजन्तु मरे । काम गर्ने कर्मचारीले छाडे । पार्कमा यतिबेला एउटा भवनबाहेक हेर्नलायक केही छैन ।
सरकारको नमुना बस्ती विकास कार्यक्रमअन्तर्गत उक्त ठाउँमा ७१ लाख बजेट खर्चेर सहिद स्मृति पार्क निर्माण गरिएको थियो । २०६८ सालदेखि उक्त ठाउँमा लगातार ३ वर्ष बजेट विनियोजन गरिएको थियो । त्यसैबाट पार्क व्यवस्थित बनाइएको थियो भने पार्कभित्रै केही वन्यजन्तु पनि पालिएको थियो । पार्कमा सहयोग गर्ने कर्मचारीको तलब व्यवस्थापन र पालिएका वन्यजन्तुको आहाराको खर्च जुटाउन नसक्दा हाल पार्क लोप हुने अवस्थामा पुगेको हो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले आव २०६८र६९ मा १८, ०६९र७० मा ३५ र ०७०र०७१ मा १८ लाख रुपैयाँ पार्क निर्माण र व्यवस्थित गर्न खर्च गरेको थियो ।
विगतको सशस्त्र द्वन्द्वका क्रममा धेरै क्षति भएका केही जिल्लाका केही ठाउँलाई नमुना बस्तीका रूपमा विकास गर्ने सरकारको लक्ष्यअनुरूप रिम्ना एउटा नमुना बस्तीमा पथ्र्यो । त्यस क्षेत्रमा २ वटा विद्युत् उत्पादन गृह, सडक, विद्यालय, मैदान र सहिद स्मृति पार्क निर्माण गरेर नमुना बस्तीका रूपमा विकास गर्ने लक्ष्य सरकारको थियो । रिम्नाका अन्य ४ वटा काम सम्पन्न भए पनि सहिद स्मृति पार्क भनेअनुसार सञ्चालन हुन सकेको छैन । पार्कभित्रको भवनका केही कोठा होटेल र व्यक्तिलाई भाडामा लगाइएको छ भने एउटा कोठमा सशस्त्र युद्धका क्रममा मारिएका सर्वसाधारण तथा माओवादी नेता–कार्यकर्ताको फोटो राखिएको छ ।
सहिद स्मृति पार्क व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर रानाले पार्कलाई भनेअनुसार अघि बढाउन नसकिएको बताए । बृहत् योजनाका साथ पार्कको स्थापना भए पनि त्यो अब अवरुद्ध भएको उनको भनाइ छ । ‘हामीले दैनिक ३ सय मात्रै आम्दानी भए पनि पार्क हेर्ने कर्मचारी र पालिएका वन्यजन्तुको आहारा पुर्‍याउन सक्थ्यौं,’ अध्यक्ष रानाले भने, ‘केही समयसम्म मात्रै लक्ष्यअनुसार आम्दानी भयो र पार्क चलाइयो त्यसपछि ठप्पै भएको छ ।’ आर्थिक समस्याले गर्दा वन्यजन्तुलाई पर्याप्त ध्यान पुर्‍याउन नसक्दा राखिएका सबै वन्यजन्तु पनि मरिसकेका छन् । उक्त पार्कभित्र भालु, अजिंगर, कछुवा, दुम्सी, बाँदर, गिनिपिक लगायतका जनावर राखिएको थियो ।

 

 





error: Content is protected !!