डेढ बर्षभित्र प्रचण्ड बनेर देखाउनेछु’

काठमाडौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू डेढ बर्षभित्र प्रचण्ड बनेर देखाउने घोषणा गरेका छन् । आफूलाई शक्तिकेन्द्रहरुले पुष्पकमल देख्न चाहेको र जनता,कार्यकर्ता,सहिद र वेपत्ता परिवार र माओवादीका समर्थकहरुले प्रचण्ड देख्न चाहेको स्मरण गराउँदै उनले डेढ बर्षभित्र प्रचण्ड बनेर देखाउने घोषणा गरेका हुन ।
म प्रचण्ड बन्ने धेयमा छु । पार्टीका नेता कार्यकर्ता,समर्थक,शुभचिन्तक,सहिद र वेपत्ता परिवारले पनि मलाई प्रचण्ड देख्न चाहनु भएको छ । एक वा डेढ बर्षमा प्रचण्ड बनेर देखाउँनेछु’माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बुधवार काठमाडौमा आयोजित राष्ट्रिय सम्मेलनको उदघाटन कार्यक्रममा प्रचण्डले भने ‘पहिला प्रतिक्रियावादीहरु माओवादी भन्ने बित्तिकै डराउथे,वीचमा माओवादी केहि होइन भन्ने ठान्न थाले । अहिले तपाईहरु बुझिहाल्नुहुन्छ नी । अहिले हामी माओवादीहरु एक हुन थालेपछि प्रतिक्रियावादीहरुको सातो गएको छ ।’










