तस्बिरमा यस्तो देखियो क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाडौं–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को एकताको २१ औं राष्ट्रिय सम्मेलनको राधानीमा सुरु भएको छ ।

बुधबार राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित एक समारोहका बीच   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गरे ।
‘राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान,सुदृढ संगठनका लागि एकताको २१ औं राष्ट्रिय सम्मेलन’ भन्ने मुल नाराका साथ सुरु  सम्मेलनमा २०७६ जना प्रतिनिधि सहभागि छन् ।

निर्वाचन सम्पन्न गर्न क्रान्तिकारीले  यसअघि नै संगठनका पुर्व अध्यक्ष रमेश मल्लको संयोजकत्वमा पुर्व अध्यक्षहरु रत्न ढकाल, सन्तोष विष्ट र विष्णु खनाल रहेको निर्वाचन समिति गठन गरिसकेकाे छ ।


भदौ ११ सम्म चल्ने सम्मेलनले ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।





error: Content is protected !!