आधा दर्जन खोलामा पुल नहुँदा वर्षेनी सास्ती

जाजरकोट  । छिन्चु— जाजरकोट सडक खण्ड भीत्र पर्ने आधा दर्जन खोलामा पुल नहुँदा वर्षेनी यहाँका सर्वसाधारणहरु मर्कामा पदै आएका छन् । जाजरकोट, डोल्पा,रुकुम,सल्यानका स्थानीयहरु आकाशमा वादल हेरेर मात्र यात्रा गर्न वाध्य छन् ।
यस सडक खण्ड भीत्र पर्ने सल्यानको सल्लीवजार नजिकको खोला, सुर्खेतको खोजी खोला , जाजरकोट भेरी नगरपालिकाको पासागाड खोला लगाएतका आधा दर्जन ठाउँमा पुल नहुँदा पानि पर्न वितिकै यात्रा रोकिने गरेको जगतिपुरका रामदिप आचार्यले वताउनुभयो । हिउद् याममा खोलामा पानि नहुँदा खासै समस्या नभएपनि वर्षायाममा पानिको मात्रा वढ्ने भएकाले पैसा तिरेर खोला तर्नुपर्ने वाध्यता रहेको छ । अतिआवश्यकिय ठाउँमा पुल नहुँदा समस्या भएपनि पिडा लुकाएर यात्रा गर्न वाध्य भएको पाँचकाटियाका दीपवहादुर घर्तीले वताउनुभयो । पासागाड खोलामा ५ वर्ष अघि पुल निर्माण गर्नका लागि टेन्डर भएपनि पुलको गलत नक्साकंन हुुँदा पुल निर्माण हुँन सकेको छैन् । अन्य खोजी खोलामा पुल निर्माण कार्य जारी रहेको छ । यो सडक सञ्चालन भएको करिव १७ वर्ष पुगेपनि पुल निर्माणमा ध्यान नदिदा वर्षेनी समस्या भोग्नु परेको छ ।
५ सय भाडामा यात्रा गर्न सकिने ठाउँमा वर्षायाममा १ हजार ५ सय रुपैया खर्च गर्न वाध्य भएको आचार्यको भनाई छ । पानि परेको समयमा जवरजस्ती गाडी चलाउदा हजारौको क्षति हुँने गरेको छ । पिचको गरेका चार वर्ष नवित्दै ठाउँ ठाउँमा पिच भत्किएपछि गाडी चलाउन निकै अपठ्यारो भएको सनराईज यातायात संग अवद्ध चालक रामवहादुर थापाले वताउनुभयो । खरखरे माटो भएका कारण पानि पर्न वितिकै एकै छिनमा पहिरो आउँन थाल्छ थापाले भन्नुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!