साथ दिन्या समय यै हो संकटका बेला ( देउडागीत )

१)
पहाड पैराले सखाप तराई पानी ताल छ
सक्किदो सहयोग गरु देश मा बेहाल छ
२)
न राख्यो सम्पत्ति हजुर न त बस्न्या बास
कति त्यस्साई डुबी मर्या फेर्नै नपाई सास
३)
एकाई साथ बाढी पैरो काल बनि आयो
तराईमा सत्यानास गर्यो धुरुक्कै रुवायो
४)
बाढी पैरो भयो हजुर यैपाला ज्यानमारा
सबै ठौर बग्याकाछन् आँखा आशु धारा
५)
देश बिदेश जा जति छौ लागु कस्सिखेर
आपतका घडीमा कोई चुप लागि न’हेर
६)
बेला आयो धन बर्षाउन्या सहयोगी दाताले
दुखीका घाउ मलम लाउ मानबका नाताले
७)
प्रदेशमा नेपाली संस्था जा जो जति छन
उठाउनु बाढी पीडितलाई राहत संकलन
८)
साथ दिन्या समय यै हो संकटका बेला
कम्मर कसी जुटी जाव नेपालीका चेला
मान बहादुर के.सी. (मुस्कान देउडाप्रेमी)
मंगल्सैन ४ अछाम हाल- यूएई










