गृहमन्त्री शर्माका कुरा मात्रै बढी,प्रहरीमा दबाबले रोकियो सरूवा

काठमाडौं गृहमन्त्रालयको पद भार ग्रहण गरेकै दिन गृहमन्त्री जनार्दन शर्माले भनेका थिए, ‘अब सरूवा बढुवा कसैको दबाबमा हुदैन । कसैले सोस फोर्स लगाउने चेष्टा गरे कारवाही गर्छु ।’ तर गृहमन्त्रीको ति तिखो वाण दुई महिना नबित्तै खिया लागेको छ ।

महानगरीय प्रहरी आयुक्त, काठमाडौं परिसर र अपराध महाशाखा जान चाहने प्रहरीको कारण सरूवा रोकिएको छ । त्यहाँ जानलाई केही प्रहरी अधिकृत राजनीतिक लबिङमा जुटेपछि एक साता अगाडी हुने सरूवा तथा बढुवा भएकाको पदस्थापन रोकिएको छ ।

आयुक्त कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कुरो नमिल्दा सरूवा रोकिएको हो । प्रचण्डले आफना नातेदार एआईजी केशरी घिमिरेलाई पठाउन गृहमन्त्रीलाई दबाब दिएका छन् । उता प्रधामन्त्री देउवाले आईजी बनाउन नसकेका जयबहादुर चन्दलाई आयुक्त कार्यायल पठाउन खाजेका छन् ।

आईजी प्रकाश अर्याल भने दुई महिना अगाडी काज सरूवा भएका एआईजी बमबहादुर भण्डारीलाई नै पदस्थापन गर्नु पर्नेमा जोड दिएका छन् । प्रहरी संगठनभित्र ईनमादार र व्यवसायीक छबी बनाएका भण्डारी अन्य एआईजीको तुलनामा सक्षम प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।

तर चन्दको हिसाब मिलान गर्न प्रधानमन्त्री देउवा भने कुनै पनि हालतमा आयुक्तमा चन्द पठाउन गृहमन्त्री र गृहसचिवलाई दबाद दिदै आएको गृहन्त्रालय स्रोत जनाउँछ । उता हाम्रो गृहमन्त्रालय हुँदा पनि एक एआईजी हामीले भनेको नहुनी भन्दै प्रचण्ड बमक्किदै आएका छन् । जसका कारण बढुवाको फूली लगाएको दुई साता हुन लाग्दा पनि सयौं प्रहरी अधिकृतको सरूवा र पदस्थापन हुन सकेको छैन ।
उता काठमाडौं परिसरमा गृहमन्त्रीले एसएसपी रबिन्द्र धानुकलाई पठाउने योजना बनाएका छन् भने अपराध महाशाखामा उत्तम सुबेदी वा धिरज प्रताब सिंह मध्य एक पठाउने योजनामा छन् । तर दुबैलाई डिआईजी नबराज सिलवालको ट्याक लगाउँदै आईजी र गृहसचिव लोकदर्शन रोग्मीले भने एसएसपी बिश्वराज पोखरेललाई परिसर र केदार रिजाललाई महाशाखा पठाउने तयारी छन् ।

एसएसपी पोखरेल डिआईजी नबराज सिलवलाको किर्ते कागजात तयार पार्ने मुख्य पात्र भएको कारण उनलाई पुरस्कार स्वरूप बढुवा समेत एक नम्बर पार्दै काठमाडौं परिसर दिएर खुशि पार्न आईजी अर्याल देखी पूर्ब आईजी उपेन्द्रकान्त अर्याल गृहसचिव लागि परेको स्रोतको दाबी छ । उता केद्रिन्य अनुसन्धान व्यूरो सिआईबी जान पनि आधा दर्जन डिआईजी राजनीतिक लबिङमा जुटेका छन् ।

डिआईजीहरू पुस्कर कार्की, उत्तम कार्की, छबिलाल जाशी, धिरू बस्नेत सिआईबी जान खोजेका छन् । यि मध्य पुस्कर कार्की वा धिरू बस्नेतको संभाबना प्रबल रहेको स्रोत बताउँछ । अपराध अनुसन्धानमा कार्की र बस्नेत दंखल भएका प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । सरुवामा प्रधानमन्त्री र प्रचण्डको कुरा मात्र मिलेको छैन् आईजिपी प्रकाश अर्यालले समेत आफु निकटलाई राम्रा ठाउ पठाउनुपर्ने अडान लिएपछि गृहमन्त्री शर्मा अफ्ठेरोमा परेका छन् ।
काठमाण्डौँपाटी ।





error: Content is protected !!