डोल्पाका विष्ट दम्पत्तिको दयालु मन, आफ्नै घरमा अनाथालय

, डोल्पा , दुर्गम जिल्ला डोल्पाका एक दम्पतीले जिल्लामै पहिलो अनाथालयको खाेलेका छन् । यहाँको त्रिपुरा सुन्दरी नगरपालिका १ कादिलबहादुर विष्ट र दिलमाया विष्टले आफ्नै घरमा जिल्लामै पहिलो अनाथालयको स्थापना गरेका हुन् ।
डोल्पामा लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेका यी दम्पतीले त्रिपुरा सुन्दरी नगरपालिका १ बगरअन्तर्गत मदरल्यान्ड फोक्सुन्डो एकेडेमीको एउटा कोठामा अनाथालय केन्द्रको कार्यालय स्थापना गरेका छन् ।

उनीहरुले विभिन्न कारणले अनाथ भएका १९ जना बालबालिकाहरुलाई आफ्नै घरमा बसोबासको व्यवस्था मिलाएका छन् । अहिले अनाथालयमा तीनदेखि आठ वर्षका अनाथ बाललिका छन् ।
उनीहरुले जिल्लाका विभिन्न दुर्गम गाउँमा अभिभावक गुमाएका बालबालिकाहरु उचित लालनपालन तथा शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले अनाथालय खोलेको बताए । । विष्ट दम्पत्तिले नीजि खर्चमा बालबालिकालाई मदरल्यान्ड फोक्सुन्डो एकेडेमी बोर्डिङ स्कूलमा पढाउँदै आएका छन् ।
‘टुहुरा बच्चा वेवारिसे देख्दा मन थाम्न सकिएन । हाम्रो पनि आम्दानीको श्रोत त केही छैन, तैपनि आँट गरेका छौं पुगेको छ । आफन्तले पनि सहयोग गर्नु भएको छ ।’
असहाय बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्न पाएकोमा गर्भ लागेको दिलमाया विष्टले बताइन । उनले भनिन्, ‘हाम्रा सन्तान छैनन्, टुहुरा बच्चा वेवारिसे देख्दा मन थाम्न सकिएन । हाम्रो पनि आम्दानीको श्रोत त केही छैन, तैपनि आँट गरेका छौं पुगेको छ । आफन्तले पनि सहयोग गर्नु भएको छ ।’
विष्ट लम्पत्तिको प्रयासमा सञ्चालन भएको अनाथालयलाई कतैबाट खासै सहयोग जुटेको छैन् । स्नो याक फाउन्डेसनबाट तीन थान कम्मल र मिसन नेपाल डोल्पाको तर्फबाट पन्ध्र हजार रुपियाँ र केही शैक्षिक सामाग्री प्राप्त भएको दिलमायाले बताइन् । उनी भन्छिन्, ‘सुरु ग¥यौं, बीतमा छाड्दैनौं । पैतृक सम्पत्तिको नाममा रहेको घरजग्गा बेच्न परेपनि बेचौँला ।’










