चीनद्वारा बाढी पीडितका लागि एक मिलियन डलर अनुदान दिने घोषणा

काठमाडौ चिनिया उपप्रधानमन्त्री वाङ याङले बाढी पीडितका लागि एक मिलियन अमेरिकी डलर अनुदान सहायता दिने घोषणा गरेका छन् ।
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छादारसँग सोल्टी होटलमा मंगलबार भएको भेटमा चिनिया उपप्रधानमन्त्री वाङले सो सहायता रकमको घोषणा गरेका हुन ।
एक साताको अवधिमा एक सय भन्दा बढी मानिसको बाढी,पहिरो र डुवानका कारण मृत्यु भएको छ । तराई मधेशका जिल्लाहरु बाढी र डुवानबाट प्रभावित छन् । उपप्रधानमन्त्री गच्छादारले चिनिया उपप्रधानमन्त्री वाङको सम्मानमा सोल्टी होटलमा दिवाभोज दिएका छन् ।
उपप्रधानमन्त्री याङले मंगलबार नै नेपाल र चीन वीच तीन सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि सोल्टी होटलमै भेटवार्ता र्ने कायृक्रम छ । याङ सोमबार पाकिस्तानबाट काठमाडौ आएका हुन ।










