परराष्ट्रसचिवको प्रस्तावमा परराष्ट्रमन्त्री महराले गरे विवादित निर्णय,राष्ट्रसंघ हेर्ने स्थायी प्रतिनिधीको कार्यकाल थपियो

काठमाण्डौ– परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघ हेर्ने न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराईको कार्यकाल थप गरेका छन् । परराष्ट्रमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार सचीव शंकरदास वैरागीको प्रस्तावमा मन्त्री महराले भट्टराईको कार्यकाल अर्को निर्णय नहुदासम्मको लागी भन्दै कार्यकाल थप गरेका हुन । भट्टराईलाई तत्कालिन सरकारले उनी परराष्ट्रसचिव भएकै बेला २०७० साउनमा न्युयोर्कमा राजदूत नियुक्त गरेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभाको कारण देखाएर उनको म्याद थप गरेको भनिएपनि सचिव वैरागीकै डिजाइनमा उनको म्याद मन्त्री महराले थप गरेको उच्च स्रोतको दावी छ । उनको नियमित कार्यकाल यही अगष्ट १३ मा सकिदैछ । राजदूत भट्टराईले एक वर्षको लागी थप्न अनुरोध गरेपनि गत विहिवार वसेको मन्त्रिपरिषदको वैठकबाट मन्त्री महराले उनको म्याद अर्को व्यवस्था नभएसम्म थप्ने निर्णय गराएका हुन । सामान्यता परराष्ट्र सचिवलाई नै न्युयोर्क पठाउने प्रचलन भएपनि सचिव शंकर दास वैरागीले तत्काल न्युयोर्क जान चासो नदिएपछि भट्टराईको म्याद थप भएको हो ।

परराष्ट्र स्रोतकाअनुसार नेपाल राष्ट्रसंघिय मानव अधिकार परिषदको सदस्यको लागी चुनावी प्रतिस्पर्धामा रहेको बेला केही गरी हार भयो भने आफुमाथी दोष थोपरीन्छ भनेर सचिव वैरागीले न्युयोर्क जान अस्विकार गरेका हुन । “उहाले तत्काल न्युयोर्क जान नचाहेको कारण चुनावमा हार हुन्छ कि भनेर नै हो,आफु महासभा र मानवअधिकारको चुनावपछि न्युयोर्क जान भनेर नै उहाले न्युयोर्कमा राजनीतिक तहवाट नेतृत्व पठाउन नहुने सुझाव दिनुभएको हो । ” परराष्ट्र स्रोतले भन्यो । मन्त्री महराले न्युयार्कमा मन्त्रालय बाहिरवाट राजदूत पठाउन चाहेपनि वैरागीले उक्त निर्णय विवादीत हुने भनेपछि महरा पछि हटेको स्रोतको दावी छ ।

मन्त्रालयकै केही कर्मचारीहरुले भट्टराईको एक वर्ष कार्यकाल थप्नुपर्ने लविङमा भएपनि वैरागीले विचको वाटो सुझाएपछि भट्टराईको कार्यकाल अर्को निर्णय नभएसम्मको लागी थपिएको हो । उनको कार्यकाल थपको लागी प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री महराविच समेत छलफल भएको थियो । वैरागी मानव अधिकार परिषदको चुनावपछि न्युयोर्क जाने लविङमा छन् । सचिव वैरागीलाई पुरा कार्यकाल सचिव खान मन्त्रालयकै केही सहसचिवहरुले लविङ समेत गरिरहेका छन् ।

उनि न्युयोर्क जाने वित्तिकै वरियताको आधारमा थाइल्याण्डको लागी नेपाली राजदूत रहेका खगनाथ अधिकारी परराष्ट्रसचिव वन्नेछन् । उनलाई रोक्न वैरागीलाई सचिवकै रुपमा राखि राख्न समेत मन्त्रालयका केही उच्च अधिकारीहरु लविङमा छन् । “राष्ट्रसंघमा चुनावको कारण थप्नुपर्ने भयो भन्ने कारणमा दम छैन्, यो सवै खेल परराष्ट्रको भावी नेतृत्व कस्लाई बनाउने भन्नेमा केन्द्रित छ । ” मन्त्रालयका एक सहसचिवले काठमाण्डौपाटीसंग भने ।

मन्त्रालयमा आफु अनुकुल सचिव राख्नेमा सहसचिवहरुको तिव्र होडवाजी छ । हाल बेलायतको राजदूत रहेका दुर्गा बहादुर सुवेदी र क्यानडाको राजदूत रहेका काली पोखरेल वैरागीलाई नै पुरा कार्यकाल सचिवको रुपमा राख्नुपर्ने भन्दै लविङमा छन् । “चुनावपछि भएपनि न्युयोर्क जानेमा सचिवज्यु हुनुहुन्छ, तर, उहाका समकक्षीले पुरा कार्यकाल सकेर जादा पनि राजदूत मिल्ने सुझाव दिएका कारण उहा दवावमा हुनुहुन्छ । ” वैरागी निकट स्रोतले भन्यो ।

विशेष परिस्थितिमा बाहेक सामान्यतया राजदूत तथा स्थायि प्रतिनिधिको म्याद सरकारले थप्ने गरेको इतिहास छैन् । त्यसैमा झन न्युयोर्क र जेनेभा कामका हिसावले समेत सचिव भइसकेको वा राजनितिक तहवाट नै पठाउने प्रचलन लामो समयदेखी रहदै आएको छ ।

“न्युयोर्कमा कार्यकाल थपेर मात्र चुनाव जितिन्छ भन्ने कुरा नै सहि होईन,कस्को स्वार्थमा मन्त्री महराले यस्तो गलत निर्णय गरको हुन हामीले पनि वुझ्न सकेका छैनौ । ”महरा निकट स्रोतले काठमाण्डौपाटीलाई भन्यो । राजदूत भट्टराईले आफ्नो कार्यकाल एक वर्ष थपिदिन आग्रह गरिएको मन्त्रालय स्रोत जानकारी दिएको छ । सरकारको मध्यमार्गी निर्णयबाट भट्टराई समेत खुसी नभएको बुझिएको छ ।





error: Content is protected !!