बोगटानका अध्यक्षको घोषणा ‘उल्यालो गाउँपालिका बनाउछु’

कर्ण चन्द
डोटीको बोगटान गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने गाउँपालिकाका अध्यक्ष कमलबहादुुर गडसिलाले बताउनु भएको छ । बोगटान गाउँ कार्यपालिकाको पहिलो बैठक मार्फ गाउँपालिकालाई उज्यालो गाउँ बनाउने निर्णय गरिएको हो ।
बोगटान गाउँपालिकामा स्थानीय जल बिद्युत आयोजना निमार्णका साथै केन्द्रीय लाईन बिस्तार गरेर निकट भबिश्यमा उज्यालो गाउँपालिका बनाउने अध्यक्ष गडसिलाले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
बोगटान गाउँपालिकाको चवराचौतारा, सात्फरी र धिर्कामाण्डौंमा स्थानीयले स्थानीय स्तरमा उत्पादन गरिएका बिद्युत उपभोग गरिरहेका छन । बिद्युतीकरण हुन बाँकी रहेका गगुडा र कानाचौरमा केन्दीय लाईन बिस्तार गर्ने र सिमचौरका लागी जिमडे खुल्लेखोला जलबिद्यतु आयोजनाको काम तत्काल सुरु गर्ने अध्यक्ष गडसिलाको योजना रहेको छ ।
गाउँ कार्यपालिकाको पहिलो बैठकले बोगटान बिकासको समग्र ‘गुरु योजना निर्माण गर्ने निर्णय गरेको छ । बोगटान गाउँपालिकाको समग्र बिकास, आर्थिक सम्बृद्धी र ब्यबस्थित योजना सञ्चालनका लागी बिषय बिशेषज्ञको प्ररार्मश बैठक बोलाई गुरु योजना निमार्णको कार्य तत्काल थाल्ने निर्णय गरिएको छ । गाउँपालिकाको काम शून्यबाट प्रारम्भ गर्नु पर्ने भएकाले गाउँपालिकाका अल्पकालिन तथा दिर्धकालिन योजना बनाई बोगटान बिकासको मार्गचित्र तयार गर्ने अध्यक्ष गडसिलाले बताउनु भएको हो ।
सडकको पहुँचमा नरहेका वडाहरुलाई सडकको पहुँचमा पु¥याउने र गाउँपालिको केन्द्रसंग जोडेर सेवा प्रभाबमा सहजता ल्याउने गडसिलाको तयारी रहेको छ ।
गाउँपालिकाले सम्पादन गर्ने काम प्रभाबकारी बनाउनका लागी बिषयत समिति बनाउने पनि निर्णय गरिएको छ । गाउँपालिकामा शिक्षा,स्वास्थ्य, भौतिक पुर्बाधार तथा यातायात समिति , बाताबरण तथा उर्जा समिति, आर्थिक लेखा तथा कर ब्यबस्थापन समिति, अनुगमन तथा सुबरिर्बेक्षण समिति बनाउने बताईएको छ । सामुदायिक बिद्यालयलाई प्रोत्साहन गर्नका लागी बोगटान गाउँपालिका भित्रका रहेका बिद्यालयबाट एसईईमा उत्कृष्ठ अंक प्राप्त गर्ने छात्र तथा छात्रालाई सम्मान गर्ने बताएको छ ।
गाउँपालिका भित्र रहेका बृद्ध, असाहय बालबालिकको तथ्यांक संकलन गरी प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, कृषी क्षेत्रको बिकासका लागी कृषी उत्पादन क्षेत्रमा लगानी बृद्धी गर्न ‘ब्यबसायीक कृषी लगानी कोष स्थापना गर्ने, गाउँपालिका स्तरिय खेल मैदान निमार्ण गर्ने, स्वस्च्छ र सुरक्षित खानेपानीका लागी पहल गर्ने लगायतका २५ निर्णय गाउँ कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको छ ।










