माओवादी आन्दोलनलाई कसरी पूर्नगठन गर्ने ?

 सुदाम गौतम
महान जनयुद्धको उपलब्धी पश्चात नेपालमा संविधान सभा, गणतन्त्र, संघियता, समावेशिता र लोकतन्त्रको प्रत्याभुति भएको छ । सायद नेपालमा जनयुद्ध नहुदो हो त देश राजतन्त्रको जातो मै मुठ्ठि भर सामन्तहरुको रजाइ हुन्थ्यो भने गरिब, दुखि, दलित, महिला, मधेशी आफ्नो अधिकारमा बञ्चित हुने नै थियो । जनयुद्धको ज्वारभाट गाउँदेखि शहर लम्कदा गाउँका हलिया दाइहरु, दलित, महिला,मधेसी,थारु जनजातीले आफ्नो अधिकारको पाठ सिके, आवद्ध भए र बोल्न सिके । जनयुद्धले विभिन्न कुरिति, कुसस्कार, अन्याय, अत्याचार र विभेदको अन्त्य गर्न कोशे ढुङ्गा सावित भयो ।
माओवादी पार्टि नभएर आन्दोलन बनेको अवस्थामा २०६४, ७० र २०७३ सम्म आइपुग्दा माओवादी आन्दोलन बिभाजित छरपष्ट र गन्जागोल अवस्थामा पुग्यो । माओवादीका एजेण्डाहरु राष्ट्रिय राजनीतिमा घुमिरहे तर माओवादी किन कमजोर हुँदै गयो ? अव माओवादी आन्दोलनको दिशा र दशा के ? सोचनिय बिषय बनेको छ।माओबादी नामका थुप्रै पसलहरु खोलिय पनि जनताद्वारा रुचाइएको छैन भन्ने कुरा भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनले पुष्टि गरेको छ । नत माओवादी केन्द्रले अपेक्षित नतिजा हासिल ग¥यो न बैद्द्य नेतृत्वको क्रान्तिकारी माओवादीले न त आर्थिक हासिल ग¥यो न बैद्ध नेतृत्वको क्रान्तिकारी माओवादीले न त आर्थिक क्रान्तिका नायक सोच्ने बाबुराम भट्टराईको नयाँ जलपले काम ग¥यो । उता संसदिय व्यवस्था विरुद्ध लडेका विप्लब नृतृत्वको ने.क.पा. ले चुनावलाई न त असफल बनाउन सक्यो न पार्टीलाई भने जसरी एकिकृत क्रान्ति गराउन त्यहि अनुरुपको हस्तक्षेप गर्न सक्यो ।
माओवादी आन्दोलन उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनताको मुक्तिका लागि भएको युद्द सामन्तवादको अन्त्य त ग¥यो सामान्ति संस्कारको अन्त्य गर्न संघियता, धर्मनिरपेक्षता, सामानुपातिक समावेशी सहभागिता सहितको गणतन्त्र स्थापित गर्न माओवादी आन्दोलनको पर्नगठन अनिवार्य भएको छ । माओवादीहरु कमजोर हुँदा पुरानै शक्ति, यथास्थितिवादी र सामन्तहरुको हातमा सत्ताको बागडोर गैरहेको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा माओवादी पराजय र यथास्थितिवादी शक्तिको विजय प्रतिकात्मक छ । माओवादीहरु कमजोर भइदिदा जनताले विकल्प हैन प्रतिशोधपूर्ण तवरले भोट एमाले कांग्रेसलाई दिए । जसले गणतन्त्र, संघियता समानुपटतिकता र संविधानसभा सुन्न समेत नचाहने शक्ति अहिले माओवादीका एजेण्डाहरुमा रमाइरहेको यो अवस्थामा विचारनिय कुरा के छ भने साच्चै माओवादी एजेण्डाहरुको कुशल कार्यान्वयन, रक्षा र विकास यथास्थितिवादी शक्तिले गर्न सक्छन ? आफ्नै आमा र सौतेनी आमाले नवजात शिशुलाई एउटै माया, स्नेह र हेरविचार गर्न सक्छन् ? सोच्न ढिला भैसकेको छ । अवको विकल्प विभाजित माओवादी धाराहरुको माओवादी आन्दोलनलाई निर्मम समिक्षा सहित एकिकृत गर्न आवश्यक भैसकेको छ । माओवादीहरुमा समस्याहरु छन् समाधान नै गर्न नसक्ने समस्याहरु हैनन् । हजारौं शहिद वेपत्ता अंगभंग तथा लाखौं कार्यकर्ताको उच्च सम्मान गर्दै निम्न कुराहरुमा बहस चलाउन र आन्दोलनलाई सुदृढ बनाउन आवश्यक छ ।
१. बैज्ञानिक कार्यदिशाको विकास माओवादीले अंगाल्ने कार्यदिशाको विषयमा वहस दशकौं देखि चलिरहेको छ । कहिले सुसुप्त र कहिले ज्वारभाटाको रुपमा यो अगाडि आउने गर्छ । एक दशक सशस्त्र संघर्षको नेतृत्व गरेको माओवादीमा शान्ति प्रक्रियामा प्रवेश गरेपछि यो विषय निकै पेचिलो बनेको छ । मूलतः कार्यदिशाकै विवादका कारण माओवादी पार्टीमा विभाजन भएको छ । विभाजित घटकहरुमा समेत विवाद चलेकै छ । जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा माओवादीले अंगाल्न सफल पनि भयो । तर अहिलेको विश्व र स्वयम् माओवादी आन्दोलनलाई समग्र समिक्षा सहित नविन कार्यदिशा अन्वेषण गर्न माओवादीहरु लागिहाल्न आवश्यक छ । राजनीतिक, संगठानिक, फौजी, संयुक्त मोर्चा, जनजिविका सन्दर्भमा कार्यदिशाले देखाउने मुल बाटो के ? नयाँ कार्यदिशा प्रतिपादन गर्दा विश्व र नेपालमा देखिएका परिवर्तन र बहसहरुलाई सुहाउँदो छ कि छैन ? कार्यदिशा निर्धारण सँगै आउने सवाल भनेको नेतृत्व भएकोले नीति अनुसारको नेता, संगठन भएमा कार्यदिशा कार्यन्वयन, विकास र संबृद्ध हुन्छ । विभाजित माओवादीहरु एकै ठाउँमा आएर गहन छलफल, गृहकार्य साथै समिक्षा सहित नयाँ कार्यदिशा प्रतिपादन गर्दा माओवादी आन्दोलन अझ सुदृढ र सशक्त हुनेछ ।
२. संगठन निर्माण र कमान्ड कार्यदिशा वा कार्यनीतिले सोही अनुसारको संगठनको माग गर्दछ । माओवादी पाटीहरुमा जनयुद्ध कालिन संरचना र संगठन अहिले पनि कायम छन् । संगठनमा बैचारिक राजनैतिक र सापेक्षिक एकरुपताको मात्र छैन । पार्टीमा गैर सर्वहारा चरित्र, चिन्तन र कार्यशैलीले निकै ठूलो समस्या सिर्जना गरको छ । अव्यवस्थित संगठनहरु र टिके प्रथाबाट नेता चुनिनुले पनि माओवादीहरुलाई पक्षघात जस्तो बनाएको छ । केन्द्रिय समिति नै हजारौ सदस्यहरु हुनु, कामकाजी हैन नामकाजी संगठन बन्नु, भद्रगोग र नियन्त्रण विनाको संगठन माओवादीको ठूलो समस्या हो भने सामुहिक नेतृत्व विकास अर्को समस्या हो । जनता र कार्यकर्ताबाट अनुमोदित नेतृत्व र नेता मात्र संगठनको अक्सिजन हो । समग्र माओवादी आन्दोलनलाई एकिकृत गर्न संगठन चुस्त, दुरुस्त र पिरापिड आकारको हुनुपर्छ जसले पार्टीलाई जिवन्ता दिन्छ । महाधिवेशनहरु मार्फत संगठनलाई जिवन्ता दिनु र सबै माओवादीहरुले यसलाई गम्भरितापूर्वक लिइ जनता नियन्त्रित संगठन, नेतृत्व र जवाफदेहि कार्यशैलीको विकास गर्न आवश्यक छ । ३. विभाजित सबै माओवादी बिच एकता जनयुद्ध मार्फत प्राप्त उपलब्धीलाई रक्षा गर्न राष्ट्रियता, अखन्डता, समावेसी समानुपातिकता र जनजिविकालाई आत्मसाथ गर्न सबै माओवादी घटकहरु बिच एकता अनिवार्य भैसकेको छ । एक्ला एक्लै लड्दा प्राप्त उपलब्धी समेत गुम्ने खतरा भएकोले कार्यदिशामा एकरुपता सहित बैचारिक एकता गरिनु पर्दछ ।
हजारौं शहिद, बेपत्ता, अंगभंग र लाखौं जनसमुदायको बिचमा उभिएर माओवादी हुनुमा गर्भ गर्ने वातावरण सिर्जना गर्ने, राष्ट्रियता, जनजिविका जस्ता माओवादी एजेण्डाहरुलाई अपहरित अवस्थाबाट मुक्त गरी गणतन्त्रलार्य समावेसी समानुपातिक जस्ता बृक्षहरुलाई विकास गराउनु पर्दछ । माओवादी केन्द्र बैद्ध माओवादी, विप्लब माओवादी र नयाँ शक्तिको नाममा विभाजित माओवादीहरु एकतामा आउन र माओवादी आन्दोलनलाई पूर्नगठन गर्न आवश्यक भैसकेको छ । माओवादी कमजोर हुँदा दलित, जनजाति, मधेशी, पहाडी र राष्ट्र नै कमजोर हुने भएकोले एकता अपरिहार्यता भैसकेको छ । यसको लागि सबैतिर रहेको युवा नेताको पहल कदमी आश्यक छ । पश्चगामी, यथास्थितिवादी र प्रतिक्रियावादीहरुलाई एकताले मात्रै धक्का दिने निश्चित छ ।
४. राष्ट्रियता तथा जनजिविकाका सवालहरु नेपाल भारत र चिन बिच सेतुको काम गर्दै अग्रणी भूमिका हुनु पर्नेमा नेपालका नेतृत्वमा रहेकाहरु कहिले भारत त कहिले चिनको सम्मुख भएर अगाडि बढिरहेका छन् । राष्ट्रियताका सवालमा जवसम्म आन्तरिक राष्ट्रियता सवल हुँदैन तवसम्म बाह्य राष्ट्रियताको अर्थ रहदैंन । तराई, पहाड, हिमाल सबैले राष्ट्रियतालाई बुझ्ने र बुझाउने सामर्थता रहनुपर्छ । राष्ट्रियता सँगै समृद्धि पनि आवश्यक छ । भारतको विस्तारवादी नीतिले हाम्रा हरेक कुरामा हस्तक्षेक्ष्, सिमा आक्रमण र चासोले हाम्रो राष्ट्रियतामा खलल पुगेको छ । देशमा खोक्रो र अन्धराष्ट्रवादले स्थान पाएको छ । माओवादी आन्दोलनले अन्धराष्ट्रवादलाई चिर्दै आन्तरिक राष्ट्रावादको वकालत गर्दै सबै खाले विदेशी हस्तक्षेपलाई निस्तेज पार्न आवश्यक छ । हालै केहि समय अगाडि भारत र चिन दुबै मिलेर नेपालको स्वाभिमानको प्रवाह नगरी नेपाललाई नसोचिकन नेपाललाई सामिल नगरी खुलेआम लिपुलेख सम्झौता गर्दा नेपालले मौन रहनु अझ भन्दा माओवादीले त्यसको कुटनैतिक तवरले चिरफार नगर्नु विडम्बना हो ।
सिमामा भारतिय पक्षले गोली चलाउँदा, सिमा जङ्गे पिल्लर ढल्दा र राष्ट्रियता माथि प्रशन चिन्ह खडा हुँदा माओवादीले जनतालाई सचेत र जागरुक बनाउनु अपरिहार्य काम हो । राष्ट्रियता सँगै जनजिविका सवालहरु हामीले मध्यनजर गर्नै पर्दछ । हरेक दिन जनताका जनविविकाका कामहरुमा गाउँदेखि सिंहदरवार सम्म सहजिकरण गर्न आवश्यक छ । रोजी रोटी देखि विभिन्न समस्याहरु र विकासका कामहरु पार्टी, नेतृत्व र अगुवाहरुले गर्न आवश्यक छ । जनतासँग जनतार्क घरमा माओवादी हुनुपर्छ न कि सामन्तसँगै । जनताको माओवादी जनताकै घरमा हुनुपर्दछ । तवमात्र जनताले माओवादीलाई आफ्नो माओवादी ठान्नेछन् । नेहच्वको वरिपरि घुम्ने, शहर केन्द्रित हुने र जनताबाट टाढा हुने नेताहरुलाई जनताले सजाय दिन्छन जुन स्तानीय तहको निर्वाचनले देखाउँछ । माओवादी आन्दोलनको जन्म गाउँबाट भएकोले माअ‍ेवादीशहरमुखी हैन गाउँमुखि हुन आवश्यक छ । ५. स्थानिय तहको निर्वाचन समिक्षा र अवको बाटो भरखरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा माओवादी हार्दा पनि माओवादीका एजेण्डाहरु जिते । सिंहदरवारबाट गाउँमा अधिकार लिने कुरामा त माओवादी सफल रहयो तर आफ्ना उजेण्डालाई कार्यन्वयन गर्न अरुलाई सत्ताको वागडोर दिदा कतै एजेण्डाको सहि कार्यन्वयन नहुने हो कि प्रश्न चिन्ह खडा भएको छ । माओवादीले जित्नु पथ्र्यो हा¥यो कारण आफै भित्र खोज्नु पर्छ । संगठन निर्माण, कार्यकर्ता व्यवस्थापन र जनसम्बन्ध माओवादीले गर्नुपर्छ ।
यो स्थानिय चुनावमा माओवादीको पहिलो अनुभव, कम्जोर संगठन, प्रविधिक तयारीको कमी, प्रचार शैलाीमा कम्जोरी र प्रचण्ड सरकारले गरेका राम्रा कामहरु उज्यालो नेपाली, आर्थिक बृद्धिदर, राष्ट्रिय गौरवका योजनाहरु प््मिक्ता, सुशासन छिमेकीहरुको सम्बन्धमा सुधार, विदेशमा दुःख पाएका नेपालीका लागि नीतिगत तथा व्यवहारिक सहयोग जस्ता जनमुखी कामको प्रचार जनता सम्म पु¥याउन नसक्नु हारको कारण एकातिर छ भने अर्कोतिर माओवादी आन्दोलनको विभाजनको मनोविज्ञानले पनि जनतालाई निराशा आएकोले निर्वाचन परिणाममुखी नभएको हो । माओवादीले संसदिय व्यवस्थालाई अंगिकार नगरेकोले कार्यकारी राष्ट्रपतिय प्रणालीलाई वटमलाइन बनाउँदै संविधानमा नोट अफ डिसेन्ट लेखेको छ । अव यो मुद्दालाई व्यापक रुपमा लिदै कार्यान्वयन गर्न एकता, रुपान्तरण र पार्टी निर्माणको दिशामा अगाडि बढ्न प्रण गर्ने कि ?




error: Content is protected !!